२०८३ भदौ ११, बिहीबार
Health Aawaj logo
गृहपृष्ठसमाचाररसुवाको बाढीमा घाइते भएका ४१ जनाको ७ अस्पतालमा उपचार हुँदैं

रसुवाको बाढीमा घाइते भएका ४१ जनाको ७ अस्पतालमा उपचार हुँदैं


काठमाडौं—रसुवाको भोटेकोशी नदीमा आएको भिषण बाढीमा परेर घाइते भएका ४१ जनाको विभिन्न ७ वटा अस्पतालमा उपचार भइरहेको छ । बिहीबार विहान नेपाल प्रहरीले जारी गरेको बुलेटिनअनुसार ४१ जनाको घाइतेको विभिन्न ७ अस्पतालमा उपचार भइरहेको छ ।

प्रहरीकाअनुसार सबैभन्दा बढी २० जनाको त्रिवि शिक्षण अस्पतालमा उपचार भइरहेको छ । यस्तै, राष्ट्रिय ट्रमा सेन्टरमा ४ जना, वीर अस्पतालमा ३ जना घाइतेको उपचार जारी छ ।

त्रिशुली अस्पताल नुवाकोटमा ९ जना, नर्भिक अस्पतालमा ३ जना, वीरेन्द्र सैनिक अस्पतालमा १ जना र ग्रीन सिटी अस्पतालमा १ जनाको उपचार भइरहेको छ ।

बुधबार विहान साढे ८ बजे तिब्बतिरबाट भोटेकोशीमा आएको भिषण बाढीका कारण ठूलो धनजनको क्षति भएको छ । प्रहरीकाअनुसार विभिन्न जिल्लामा गरी घटनामा मृत्यु भएका १६४ को शव फेला परेको छ ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ