२०८३ भदौ १७, बुधबार
Health Aawaj logo
गृहपृष्ठकर्णाली प्रदेशअस्पतालका समस्या मिडियामा बोलेपछि अस्पताल प्रमुख डा. तिवारीको सरुवा

अस्पतालका समस्या मिडियामा बोलेपछि अस्पताल प्रमुख डा. तिवारीको सरुवा


वीरेन्द्रनगर—केही दिन अघि ‘हेर्ने कथा’मा हुम्ला जिल्ला अस्पतालका समस्याका विषयमा बोलेका अस्पतालका निमित्त कार्यालय प्रमुख डा.उमाकान्त तिवारीको सरुवा भएको छ ।

उनले अस्पतालमा दरबन्दी अनुसार विशेषज्ञ डाक्टर नभएको, चाहिने सिटामोल नभएको, अस्पतालको धारामा पानी नभएको भनेर मिडियामा बोलेका थिए ।

डा. तिवारीले सरकारको आलोचना गरेको भन्दै आफूलाई सरुवा गरिएको सामाजिक सञ्जालमा दावी गरेका छन् । ‘बधाई सबैलाई बाहुबलीको कटप्पा पाराले मलाई धुलाई गरेको,’ उनले भनेका छन्, ‘सन्दर्भ कर्णाली प्रदेशको सरुवा, राम्रो होस कर्णालीको स्वास्थ्य, नेपालमा बस्नु मेरो ठूलो गल्ती थियो ।’

डा. तिवारीले सरुवा भएको जानकारी सामाजिक सञ्जालमार्फत दिएको भएको पनि कुन ठाउँमा भएको हो खुलाएका छैनन् । स्रोतअनुसार उनको सरुवा अहिले कर्णाली प्रदेश सामाजिक मन्त्रालयमा गरिएको छ ।


क्याटेगोरी : कर्णाली प्रदेश



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ