२०८१ वैशाख १८, मंगलबार
Health Aawaj logo
गृहपृष्ठजनस्वास्थ्यमहामारीचिनियाँ राष्ट्रपति सीद्वारा कोरोना भाइरसको रोकथाम र नियन्त्रणबारे बैठक

चिनियाँ राष्ट्रपति सीद्वारा कोरोना भाइरसको रोकथाम र नियन्त्रणबारे बैठक


चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रीय समिति अन्तर्गत राजनीतिक ब्युरोको स्थायी समितिले कोरोना भाइरसबाट निमोनियाको प्रकोप रोक्न र नियन्त्रणबारे छलफल गर्न एक बैठक आयोजना गरेको छ। हिजो (शनिबार) बसेको उक्त बैठकको अध्यक्षता चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रीय समितिका महासचिव एवंम चिनियाँ राष्ट्रपति सी जिनपिङले गरेका हुन्।

बैठकले (सिपिसी) केन्द्रीय समितिको नेतृत्वमा विशेष गरी संक्रमित बिरामीहरूको उपचार, अबस्था र रोकथामको व्यवस्था गर्न एक समूह गठन गर्ने निर्णय गरेको छ। बैठक अनुसार, हुवेई प्रान्तमा उक्त समुहलाई प्रत्यक्ष काम गर्न पठाइने छ।

राष्ट्रपति सीले नयाँ कोरोना भाइरसको संक्रमण तीव्र गतिमा फैलिरहेको बताएका छन्। “जीवनको अनमोल महत्त्व छ। जब महामारी फैलिन्छ यसलाई रोक्ने र नियन्त्रण गर्ने हाम्रो जिम्मेवारी हो,” सिले भने, ‘सबै पार्टी, समिति र सरकारले नोभेल कोरोना भाइरस प्रकोप रोक्न र नियन्त्रण गर्ने कार्यलाई प्राथमिकता दिनुपर्छ।’ सीले तुरुन्त भाइरसबाट भएको कामको आवश्यक्तालाई मध्य नजर गरी काम गर्नु पर्नेमा जोड दिए।

पार्टी र सरकारी अधिकारीहरू, विशेष गरी प्रमुख अधिकारीहरू, सबैले आफ्नो कार्य गरिरहनु पर्दछ र सामाजिक स्थायित्वको रक्षा गर्न अग्रसर भई खडा भई जनताले शान्तिमय र रमाइलो चिनियाँ नववर्ष उत्सव मनाउन पाउनुपर्ने सुनिश्चित गर्नुपर्दछ, ‘सीले भने।

बैठकमा सीले सबै पार्टी समिति र सरकारहरूलाई जनताको जीवन र स्वास्थ्यलाई उच्च प्राथमिकताको रूपमा राख्न आदेश दिए। बैठकले हुवेईका अधिकारीहरुलाई रोकथाम र नियन्त्रण कार्यलाई विशेष महत्त्व दिन र भाइरसलाई फैलिन नदिन कडा कदम चाल्न र सबै विरामीको उपचारमा विशेष ध्यानपुर्याउन आग्रह गरे।

बैठकले संक्रमित बिरामीहरूको उपचार गर्न, स्वास्थ्यकर्मीहरूको वृद्धि गर्न र नागरिक तथा सैनिक स्वास्थ्य स्रोतको समन्वय गर्न माग गरेको छ। – एजेन्सी


क्याटेगोरी : महामारी



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ