२०८१ वैशाख १८, मंगलबार
Health Aawaj logo
गृहपृष्ठजनस्वास्थ्यकिन बग्छ आँशु ? के हो आँशु बग्नुको रहस्य ?

किन बग्छ आँशु ? के हो आँशु बग्नुको रहस्य ?


आँशु भन्ने बित्तिकै आँखाबाट बग्ने तरल पदार्थ भन्ने बुझिन्छ । सामान्यतयाः आँशु राम्रो र नराम्रो गरी २ प्रकारको रहेका हुन्छन् । हामी रुदा, हाँस्दा, तथा कहिलेकाहीँ खुशी भएको समयमा बग्ने आँशुलाई आँखाको निम्ति आवश्यक आँशु मानिँदैन । यो ल्याक्रिम्नल ग्रन्थ्रीबाट उत्पादन हुने आँशु हो ।

त्यस्तै आँखाको ढकनीमा हुने ग्रन्थीहरुले उत्पादन गर्ने आँशुलाई भने आँखाको निम्ति आवश्यक आँशु मानिन्छ । जसले आँखालाई सुक्खा हुनबाट बचाउँछ ।

आँशु किन बग्छ?

कहिलेकाहीं यी मुख्य कारणबाहेक पनि आँखाबाट आँशु झरिरहने हुन्छ । हाम्रो आँखामा सामान्य अवस्थामा पनी आँशुहरु बनिरहेको हुन्छ । जुन सामान्यतयाः आँखामा रहेको सानो प्वाँलबाट ‘ल्याक्रिमनल डक्टस ’बाट नाख हुँदै घाँटीमा जान्छ । यदि केहि कारणवस उक्त नली बन्द भएको खण्डमा व्यक्तिमा यस्तो समस्या देखापर्छ । यसैकारण आँखामा विभिन्न समस्याहरु समेत देखा पर्दछ । यसबाहेक पनि आँशु बग्नाका थुप्रै कारणहरु रहेका छन् । जसलाई निम्न अनुसार प्रस्तुत गर्न सकिन्छ ।

  •  आँखाको प्वाँलको राम्रो विकास नहुनु
  •  धुलो—धुवाँका कारण
  •  भावनात्मक प्रतिक्रियाका कारण
  •  ल्याक्रिमल डक्सको गडबडी
  •  नलीहरु राम्ररी विकसित नभएमा
  • आँखाको घाउ वा इन्फेक्सन
  • चिसो
  • आँखाको एलर्जी तथा संक्रमण
  • परेलाको रौं भित्र पस्नाले
  • आँखा सुख्खा हुँदा
  • बढ्दो उमेर अवस्था
  • इन्ट्रोपियन (परेलाको डिलभित्रतिर फर्कनु )
  • इक्रोप्टियन (चोटपटक तथा केही कारणवश आँखामा हानी पुगेमा)

रोकथाम तथा उपचार

भर्खरै जन्मेका शिशुहरुमा पङ्गटम राम्ररी विकास नहुँदा उनीहरुमा आँशु बगिरहने समस्या देखापर्छ । कतिपयमा केहि समय पश्चात स्वतः बन्द नलीहरु आफै खुल्ने गर्छन् । यस्ता समस्या भएका शिशुलाई भने हामीले उनीहरुको आँखा वरपर तथा नाकको माथिल्लो भाग (डाँढी) मा विस्तारै मालिस गर्नुपर्छ । यसरी मालिस गर्नाले विकास भएर पनि काम नगरेको ‘पङ्गटम एक्जेसिया’को नली खुल्न गै आँशु बग्न कम हुन्छ । अन्यथा नली नै बन्द भएको बिरामीको भने कतिपय अवस्थामा शल्यक्रिया नै पनि गर्नुपर्ने हुन्छ ।

यसबाहेक स्वस्थ्य आँखा तथा आँखाबाट आशु नबगोस भन्नको निम्ति हामीले आफ्नो आँखालाई सधै चिसो र सफा पानीले पखाल्नुपर्छ । आँखामा धुलो तथा कणहरु पसेमा धेरै मिच्नु हुँदैन । यसको निम्ति आँखामा चिसो पानीले छ्याप्नुपर्छ । र, सकेसम्म लामो समय कम्प्युटर अगाडि नबस्ने र बस्नुपर्ने बाध्यता भएकाहरुले समय–समयमा आँखाको मसाज तथा कसरत गर्नुपर्छ । यसरी उचित ध्यान पु¥याउँदा—पु¥याउँदै पनि कहिलेकाहीं आँखामा समस्या देखापर्न सक्छ । उक्त समस्याको कारण पत्ता लगाई सोहीअनुरुप उपचार पनि गर्न सकिन्छ । यसको निम्ति भने हामीले सम्बन्धित चिकित्सकको परामर्श लिनुपर्छ ।

प्रस्तुतीः सृजना मगर


क्याटेगोरी : जनस्वास्थ्य



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ