२०८१ वैशाख २८, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठकर्पोरेटसिद्धबाबा हस्पिटलमा सर्जरी सेवा विस्तार

सिद्धबाबा हस्पिटलमा सर्जरी सेवा विस्तार


बुटवल—बुटवलको सिद्धबाबा हस्पिटलमा सर्जरी सेवा विस्तार गरिएको छ । सेवा विस्तारसँगै सम्भवत यस क्षेत्रमा पहिले पटक मिर्गौलाको माथिल्लो भागमा रोकिएको नलीको सफल शल्यक्रिया गरिएको अस्पतालले जनाएको छ । परासीका २० वर्षका सञ्जय प्रसाद चौधरीको रोकिएको नलीको दूरबिनबाट सफल शल्यक्रिया गरेको अस्पतालले जनाएको छ ।

मिर्गौला र पिसाव नलीसँग जोडिएको उक्त नलीमा रोकावट आएपछि अस्पतालमा आएका चौधरीको युरोलोजिष्ट्र सर्जन डा. सुभाषचन्द्र चौधरीले सफल शल्यक्रिया गरेको हस्पिटलमा निर्देशक डा. दिपेश प्रधानले बताए । यो शल्यक्रियालाई जटिल खालको मानिन्छ । यस्तो नलीमा दूरविनबाट बुटवलमा पहिलो पटक शल्यक्रिया भएको युरोलोनिष्ट्र सर्जन डा. चौधरीको दाबी रहेको छ ।

यस्तो अप्ठ्यारो केही ब्यक्तिलाई जन्मजात नै हुने भएपछि अस्कमात मिर्गौलामा दुःख दिन थालेपछि बिरामीहरु अस्पताल आउने गर्दछन् । सरकारबाट २४ बेडको अनुमति पाएको सिद्धबावा अस्पतालले यसअघि नै ओपिडी सेवा सुरु गरेको थियो भने सर्जरी सेवा हालै मात्र सुरु गरेको हो ।

सर्जरी सेवामा दूरविनबाट हर्नेया, आन्द्रा, पत्थरी, आदिको शल्यक्रिया गरिन्छ । विशेषज्ञ चिकित्सकबाट सेवा दिने उद्धेश्यले स्थापना भएको सिद्धबाबा हस्टिलमा एण्ड रिचर्स सेन्टर प्रालिमा मुटु रोग विशेषज्ञ डा. दिपेश प्रधान, मिर्गौला रोग विशेषज्ञ डा. शक्ति वस्नेत, युरोलोजिष्ट्र सर्जन डा. सुभाषचन्द्र चौधरी, मस्तिष्क तथा स्नायु रोगका विशेषज्ञ डा.संजीवकुमार शाह, दम, छाती तथा फोक्सो रोग विशेषज्ञ डा. यमनचन्द्र प्रधान, स्त्री रोग तथा प्रसुति सेवामा डा.रजिना श्रेष्ठ प्रधान रहेको छन् ।

अस्पतालका अध्यक्ष डा.शक्ति बस्नेतले अस्पताले छिट्टै अर्थोपेडिक सेवा सुरु गर्ने बताए । उनले अस्पताल विकट क्षेत्रमा विगत लामो समयदेखि नै नि.शुल्क स्वास्थ्य परीक्षण गर्दै आएकोले त्यसलाई अझै थप क्षेत्रहरु शिविर संचालन गर्ने बताए ।


क्याटेगोरी : कर्पोरेट, लुम्बिनी प्रदेश, समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ