२०८१ वैशाख २८, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठकर्पोरेटनेपाल बाल पोलिक्लिनिकमा अब निःशुल्क महिला प्रसुती सेवा

नेपाल बाल पोलिक्लिनिकमा अब निःशुल्क महिला प्रसुती सेवा


वीरेन्द्रनगर—कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर बुद्धपथ सुर्खेतमा संचालनमा रहेको नेपाल बाल पोलिक्लिनिकले बिहिबारबाट महिला प्रसुती सेवा थप विस्तार गरेको छ । सेवा विस्तारसँगै हालका लागि महिला तथा प्रसुती रोग विशेषज्ञद्वारा ओ.पि.डी चेक जाँच निःशुल्क गरिने महिला तथा प्रसुती रोग विशेषज्ञ डा. सजिप्ता पन्त बस्नेतले जानकारी दिइन् ।

उनले भनिन्, ‘म आफू काठकाडौंमा पढें, काठमाडौंमा हुर्के अहिले कर्णाली प्रदेश अस्पतालमा महिला तथा प्रसुती रोग विशेषज्ञको रुपमा काम गर्न थालेपछि कर्णालीका पहाडी जिल्लाका गरिब परिवारका महिला दिदीबहिनीहरुले सरकारी अस्पतालमा पनि उपचार पाउनको लागि निकै कठिन भएको देखेको हुनाले साँझ बिहान विकटका निःशुल्क रुपमा चेक जाँच गरेकी हुँ ।’

डा. बस्नेतले चिकित्सक भैसकेपछि गरिबको सेवा गर्ने ठूलो रहरका कारण कर्णालीमा यो सेवा गर्न पाउँदा आफूलाई निकै खुसी लागेको बताइन् । हाललाई आफूले जति सकिन्छ निःशुल्क रुपमा चेकजाँच गर्ने पनि उनले बताइन् ।

यो भन्दा अगाडि बाल पोलिक्लिनिक रुपमा संचालनमा रहँदा बाल रोग विशेषज्ञ डा. नवराज केसीले कर्णालीका दुर्गम ठाउँका विपन्न बालवालिकालाई निःशुल्क रुपमा सेवा दिदै आइरहेका थिए । डा. नवराज के.सी.कै पहलमा अहिले पनि जन्मदै अपांग भएका १५ जना बालबालिकाहरु दैनिक निःशुल्क रुपमा उपचार गराइरहेका छन् ।

डा. नवराज केसीले कर्णालीको दुर्गम ठाउँमा पुगेर बेला—बेलामा प्रदेश अस्पतालमा काम गरे बापत आफूले पाउने तलबबाट स्वास्थ्य शिविर चलाउँदै आएका छन् ।


क्याटेगोरी : कर्पोरेट



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ