२०८१ वैशाख १६, आईतबार
Health Aawaj logo
गृहपृष्ठकर्पोरेटश्रीलंकाको कुमारिका र बेबी शेरामी ब्राण्डका उत्पादन अब नेपालमा

श्रीलंकाको कुमारिका र बेबी शेरामी ब्राण्डका उत्पादन अब नेपालमा


काठमाडौं—श्रीलंकाको कपाल र बालबालिका हेरचाहका लागि प्रसिद्ध ब्राण्ड कुमारिका र बेवी शेरामी नेपालमा भित्रिएको छ । शुक्रबार पूर्व प्रधानमन्त्री झलनाथ खनालले औपचारिक रुपमा नेपालमा यसको सुरुवात गरेका हुन् ।

७० वर्ष पुरानो श्रीलंकन कम्पनी हेमाज होल्डिङ कुमारिकाको उत्पादक कम्पनी हो । उक्त कम्पनीले बेबी केयर (साबुन, स्याम्पु, कोलोन, क्रिम, लोसन), ओरल केयर (मन्जन, माउथ वास), स्कीन केयर (साबुन, लोसन, वडी वास) हेयर केयर (तेल, स्याम्पु, कन्डिसनर, सिरम) सुगन्ध अत्तर (डियो र कोलोन) र स्यानिटरी न्यापकिन्स रहेका छन् ।

कुमारिका ब्राण्डको हर्बल तेल नरिवलको तेलमा जडिबुटी मिलाएर तयार पारिएको कम्पनीले जनाएको छ । यस्तै, बेवी शेराम आमाहरुमाझ विश्वासिलो ब्राण्डका रुपमा चिनिन्छ । सन् १९६२ मा यो ब्राण्डले फ्रान्सेली बहुराष्ट्रिय कम्पनीसँगको सहकार्यमा आफ्ना उत्पादन सुरु गरेको थियो ।

उक्त कार्यक्रममा हेमाज म्यानुफ्याक्चरिङ प्रालिका निर्देशक रोय जोसेफ, उक्त ब्राण्डको नेपालको आधिकारिक बिक्रेटा ब्राण्ड हजुरलाई नमस्ते ट्रेण्ड लिंक प्रा.लि.का अध्यक्ष ताराबहादुर कुँवर, कलाकार, व्यवसाय साझेदारहरु उपस्थिती रहेको थियो ।

कुमारी र बेवी शेरामका उत्पादनहरु अहिले भारत, मलेसिया, माल्दिभ्स, पाकिस्तान, लेबनान, बंगलादेश, बेलायत, न्युजिल्याण्ड, अष्ट्रेलियाजस्ता देशहरुमा निर्यात भैरहेको छ ।


क्याटेगोरी : कर्पोरेट



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ