२०८१ वैशाख ११, मंगलबार
Health Aawaj logo
गृहपृष्ठकर्पोरेटप्राइम बैंकद्वारा कोरोना कोषमा १ करोड ७५ लाख सहयोग

प्राइम बैंकद्वारा कोरोना कोषमा १ करोड ७५ लाख सहयोग


काठमाडौं—प्राइम कमर्सियल बैंक लिमिटेडले सरकारले स्थापना गरेको कोरोना भाइरस संक्रमण रोकथाम नियन्त्रण तथा उपचार कोषमा १ करोड ७५ लाख रुपैयाँ गरेको छ । बैंकले ५ बैशाखमा १ करोड ७५ लाखको चेक उक्त कोषका लागि हस्तान्तरण गरेका हुन् ।

बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत नेपाल सरकारद्धार स्थापित कोषमा उक्त रकम सहयोग गरेको जनाएको छ । बैंकका अध्यक्ष राजेन्द्रदास श्रेष्ठले प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयका सचिव महेन्द्रप्रसाद गुरागाईज्यूलाई उक्त चेक हस्तान्तरण गरेका थिए ।

बैंकका प्रमुख कार्यकारी अधिकृत नारायणदास मानन्त्ररले बैंकले लकडाउनका बेला दैनिक ज्याला मजदुरी गर्ने तथा विभिन्न आश्रममा आश्रितहरुलाई दाल, चामल लगायत खाद्यान्न वितरण गरी सहयोग पु¥याउँदैं आएको बताए ।


क्याटेगोरी : कर्पोरेट



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ