२०८१ साउन १२, शनिबार
Health Aawaj logo
गृहपृष्ठकर्पोरेटआईएमई पे र मिस वर्ल्ड  नेपाल अनुष्काबीच कोरोना महामारी विरुद्धको अभियानमा सहकार्य

आईएमई पे र मिस वर्ल्ड  नेपाल अनुष्काबीच कोरोना महामारी विरुद्धको अभियानमा सहकार्य


काठमाडौं—विश्वभर महामारीको रुपमा फैलिरहेको कोरोना भाइरस (कोभिड—१९) बेला मिस वर्ल्ड नेपाल अनुष्का श्रेष्ठले नेपालमा काम गर्नलाई युवाहरुलाई पुनः जोड्ने प्रयास स्वरुप एक पहलको सुरुवात गरेकी छन् । देशका युवाहरुलाई शिक्षित बनाउने र जागृत गराउने यो पहलमा आईएमई पेसँग सहकार्यमा थालिएको हो ।

आगामी ३ हप्तासम्म अनुष्का श्रेष्ठले समकालीन नेपाली आर्थिक, शैक्षिक, प्रशासनिक र अन्यका बारेमा विभिन्न विज्ञ व्यक्तित्वहरुका साथ संवाद गर्नेछन् । श्रेष्ठले आफ्नो फेसबुकबाट नै विभिन्न विज्ञ व्यक्तिहरुसँग संवाद गर्नेछन् ।

उनले फेसबुकमार्फत गर्ने लागेको उक्त शोको शीर्षक #Reconnecting रहनेछ, जुन अनुष्का श्रेष्ठको फेसबुक पेज र युट्युब च्यानलका साथै आईएमई पेको फेसबुक पेजमा प्रत्यक्ष (लाइभ) प्रसारण हुनेछ ।

साथै उनले नेपाल राइजिङ संस्थाको सहयोगार्थ कोभिड–१९ सहायता कोषको लागि सहयोग संकलन गरिरहेका छन् । राइजिङ नेपाल संस्थाद्वारा काठमाडौं भित्रका विभिन्न स्थानमा असहाय तथा बिपन्न वर्गको लागि दैनिक जीवनयापनको लागि आवश्यक वस्तुहरु वितरण गरिरहेको छ । IME pay APP डाउनलोड गरेर यसमा सहभागी हुन सकिनेछ ।

भिडियो




क्याटेगोरी : कर्पोरेट



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ