२०८१ वैशाख ८, शनिबार
Health Aawaj logo
गृहपृष्ठकर्पोरेटब्लु क्रस अस्पतालमा एभरेष्ट बैंकका ग्राहकलाई विशेष छुटको व्यवस्था

ब्लु क्रस अस्पतालमा एभरेष्ट बैंकका ग्राहकलाई विशेष छुटको व्यवस्था


काठमाडौं – एभरेष्ट बैंक लिमिटेडले ग्राहकहरुलाई छुट र स्पेशल प्याकेजको व्यवस्था गर्न ब्लु क्रस अस्पतालसँग साझेदारी गरेको छ । काठमाडौंको त्रिपुरेश्वरस्थित ब्लु क्रस अस्पताल बहुविशेषता भएको, तृतीयस्तरको स्वास्थ्य सेवा केन्द्र हो ।

ब्लु क्रसले अहिले ५५ वटा बेडमार्फत सेवा प्रदान गरिरहेको छ ।

एभरेष्ट बैंक र ब्लु क्रस अस्पतालबीचको एमओयूअनुसार ग्राहकहरुले विभिन्न सेवाहरुमा आकर्षक छुट पाउँनेछन् । ग्राहकहरुले एभरेष्ट बैंकको एटिएम वा क्रेडिट कार्ड देखाएर उक्त छुट पाउन सक्नेछन् । सर्भिस विथ स्माईल नारासहित एभरेष्ट बैंकले सदैव ग्राहकको लाभ र सन्तुष्टिलाई मध्यनजर गर्दै आएको छ ।

एभरेष्ट बैंकको ग्राहकहरुको संख्या १० लाखभन्दा बढी रहेको छ जुन बैंकिङ्ग क्षेत्रमा नै सबैभन्दा उच्च हो । साथै, हालै क्यामेलस् रेटिङमा एभरेष्ट बैंक बेस्ट रेटेड कमर्सियल बैंकमा पर्न सफल भएको छ । एभरेष्ट बैंकले हाल आफ्ना ९४ वटा शाखाहरु, २८ राजस्व संकलन काउन्टर र ११९ एटिएम तथा बृहत बाह्य सन्जालमार्फत उत्कृष्ट सेवाहरु प्रदान गर्दै आइरहेको छ ।


क्याटेगोरी : कर्पोरेट



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ