२०८१ वैशाख १४, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठकर्पोरेटनर्भिकद्धारा महोत्तरीमा स्वास्थ्य शिविर

नर्भिकद्धारा महोत्तरीमा स्वास्थ्य शिविर


महोत्तरी – लगातारको वर्षाका कारण डुवान र वाडीबाट पीडित महोत्तरीका जनतालाइ स्वास्थ्य सेवा दिन काठमाडौ थापाथली स्थित नर्भिक इन्टरनेशनल अस्पतालले दुई दिने स्वास्थ्य शिविर सुरु गरेको छ ।

अधिक वर्षाका कारण गएको बाढी र डुवानबाट घर तथा आवास गुमाउन पुगेका महोत्तरी जिल्लाको मनारा शिसवा  नगरपालिकाका स्थानियहरुलाई लक्षित गरी उक्त स्वास्थ्य शिविर आयोजना गरिएको हो । सरपल्लो स्वास्थ्य चौकीमा उक्त सिविर संचालन गरिएको छ ।

स्वास्थ्य शिविर आइतबार र सोमबार सञ्चालन हुने शिविरको नेतृत्व गरी शिसवा पुगेका डा. वरुण शाहले बताए । यसरी आयोजना गरिएको शिविरमा जनरल हेल्थ सबै किसिमको उपचाको सेवा प्रदान गरिएको छ ।

उपचार पाएका बिरामीलाई सोही अनुरुप औषधि समेत वितरण गरिरहेको डा. शाहले हेल्थ आवाजलाई जानकारी दिए । आइतवार बिहानदेखि सञ्चालन गरिएको सो स्वास्थ्य शिविरमा हालसम्म ६ सय बढी बिरामीहरुलाई सेवा प्रदान गरिसकेको छ । दुई दिन सञ्चानल हुने उक्त शिविरमा पन्ध्र सय बिरामीलाई सेवा उपलब्ध गराउने लक्ष्य राखिएको छ ।

बाढी पीडितलाई केन्द्रित उक्त स्वास्थ्य सेवा शिविरमा बाढी पीडित मात्र नभई स्थानियहरु लाई समेत सेवा प्रदान गरिएको डा. शाहले बताए । लगातार परेको वर्षा र बाढी पहिरो कारण महोत्तरीका बासिन्दाहरु उचित खानपान र आवास विहिन हुँदा स्वास्थ्यमा समस्या देखिएको थियो ।


क्याटेगोरी : कर्पोरेट



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ