२०८१ वैशाख १३, बिहीबार
Health Aawaj logo
गृहपृष्ठकर्पोरेटमानुषीका ६० उद्यमीहरुको नेपाल मेडिसिटीद्वारा स्त्री तथा प्रसुती जाँच

मानुषीका ६० उद्यमीहरुको नेपाल मेडिसिटीद्वारा स्त्री तथा प्रसुती जाँच


ललितपुर- नेपाल मेडिसिटी अस्पतालको स्वास्थ्य टोलीले मानुषी प्रा.लि.का ६० उत्पादकहरुको स्त्री तथा प्रसुती जाँच गरेको छ । सोमबार ललितपुरमै केन्द्रिय कार्यालय रहेको मानुुषी तथा ललितपुरस्थित नेपाल मेडिसिटी अस्पतालको संयुक्त पहलमा निःशुुल्क स्वास्थ्य शिविर सञ्चालन गरिएको हो ।

चाबहिलस्थित कारखानामा आयोजित शिविरमा उत्साहजनक रुपमा महिलाहरुले चिकित्सहरुसँग परामर्श गराएका छन् । अस्पतालकी स्त्री तथा प्रसुती रोग विशेषज्ञ डा. सुनिता विश्वकर्मा, मेडिकल अफिसर डा. मनिषा झाको नेतृत्वमा ६० उत्पादकहरुको स्वास्थ्य जाँच गरिएको मेडिसिटीले जनाएको छ ।

अधिकांश महिलाहरुको स्वास्थ्य स्थिती सामान्य देखिएको र केहीको भने बहुुसंख्यामा समस्या देखिएको चिकित्सकको प्रतिक्रिया छ । महिनावारी गडबड, तथा प्रेसर र सुगर सम्बन्धि सामान्य असन्तुलन भने धेरै महिलाहरुमा देखिएको छ । असामान्य अवस्थामा रहेका सहभागीहरुलाई भने उपचारका लागि नेपाल मेडिसिटी अस्पतालमा ल्याइने छ ।

नेपाल मेडिसिटी अस्पतालका महाप्रबन्धक विजय रिमालले सिर्जनशील तथा हस्तकला क्षेत्रमा काम गर्ने महिलाहरुको स्वास्थ्यलाई प्राथमिकतामा राख्दै आएकाले यस किसिमको शिविर आयोजना गरेको बताए ।

मानुुषी प्रा.लि. का अध्यक्ष पद्माशना शाक्यले दिनहु कामकाजमा खटिने महिलाहरुले आफ्नो भन्दा पनि परिवारको ख्यालमा ध्यान दिने भएकाले आफ्नो स्वास्थ्य स्थितीबारे चेत रहुन भन्ने उदेश्यले यो शिविरको आयोजना गरिएको बताइन् । उनले नेपाल मेडिसिटीसँग यस किसिमको सहकार्यलाई निरन्तरता दिने जानकारी दिइन् ।


क्याटेगोरी : कर्पोरेट



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ