२०८१ वैशाख ४, मंगलबार
Health Aawaj logo
गृहपृष्ठकर्पोरेट‘टचलेस’ स्यानिटाइजर डिस्पेन्सर बजारमा, हातलाई नछोइकन स्यानिटाइज गर्न सकिने

‘टचलेस’ स्यानिटाइजर डिस्पेन्सर बजारमा, हातलाई नछोइकन स्यानिटाइज गर्न सकिने


काठमाडौं – स्मार्ट आर्क प्रालिले नेपालमा ‘कन्ट्याक्ट लेस’ ह्याण्ड स्यानिटाइजर उपकरण भित्र्याएको छ । प्रालिले कुनैपनि मानिसको हातलाई नछोइकन नै स्वचालितरुपमा स्यानिटाइज गर्ने ओकमिस्ट ब्राण्डको कन्ट्याक्टलेस ह्याण्ड स्यानिटाइजर भित्र्याएको हो ।

यो टचलेस स्यानिटाइजर डिस्पेन्सर भारतको रक्षा, अनुसन्धान तथा विकास संगठन(डिआरडिओ)सँग मिलेर रिओट ल्याब्ज प्रालिले उत्पादन गरेको हो । कोरोनाभाइरसबाट सुरक्षा गर्न र अधिक भिडभाड हुने स्थानमा आवतजावत गर्ने मानिसहरुको हात स्यानिटाइज गर्न रिओटले डिआरडिओको सहयोगमा टचलेस स्यानिटाइजर डिस्पेन्सर विकास गरेको हो ।

यो टचलेस स्यानिटाइजर डिस्पेन्सर निकै सुरक्षित रहेको छ भने यसमा भएको अल्ट्रासोनिक सेन्सरको आधारमा संचालन हुन्छ । यसले केबल १२ सेकेण्डमा स्वचालितरुपमा अल्कोहलमा आधारित ५देखि ६ मिलिलिटरको स्यानिटाइजरले मानिसको हातलाई स्यानिटाइज गर्न सक्दछ ।

अनुसन्धानकाअनुसार मानिसहरुले दैनिक २३ देखि ५० पटक आफ्नो अनुहारको विभिन्न स्थानमा छुने गर्दछन । यसले मानिसहरुमा कोरोनाभारस सार्न सक्दछ । तर ओकमिस्टको यो टचलेस स्यानिटाइजर डिस्पेन्सरले त्यस्तो जोखिमबाट मुक्त गर्न सक्दछ ।

स्मार्ट आर्क प्रालिका निर्देशक राहुल अग्रवालले अधिक भिडभाड हुने स्थानहरुमा ओकमिस्ट टचलेस स्यानिटाइजर डिस्पेन्सर प्रयोग गर्न सकिने र यसले सयौं मानिसहरुको हातलाई दैनिकरुपमा सजिलै स्यानिटाइज गर्न सक्ने बताए ।

‘देशमा बढिरहेको कोरोनाभाइरसको संक्रमण र लकडाउन खुलेपछि शुरु भएको भिडभाडले जोखिम बढाएको छ । यस्तोमा नियमितरुपमा हातलाई स्यानिटाइज गर्न आवश्यक हुन्छ । ओकमिस्ट टचलेस स्यानिटाइजर डिस्पेन्सरले यसलाई सजिलो बनाउँछ,’ स्मार्ट आर्क प्रालिका निर्देशक राहुल अग्रवालले भने ।

यसमा प्रयोग गरिएको प्रविधिले स्यानिटाइजरलाई खेर जान दिँदैन भने पटक पटक हातले स्यानिटाइजर बक्सलाई छुनुपर्ने बाध्यता हटाउँछ । अझ यसले कार्यालयहरु वा सार्वजनिक स्थलहरुमा ह्याण्ड स्यानिटाइजर गराउनका लागि छुट्टै मानिस राख्नुपर्ने अबस्थाको अन्त्य हुनेछ । जसले गर्दा खर्चमा पनि कटौती हुनेछ । यसले स्वचालितरुपमा काम गर्नसक्ने हुँदा यो निकै सुरक्षित र भरपर्दो रहेको छ ।

ओकमिस्ट प्लस टचलेस स्यानिटाइजर डिस्पेन्सरमा ५ लिटरको स्यानिटाइजर प्रयोग गर्न सकिन्छ भने यसमा १ वर्षको वारेन्टी दिईएको छ । यसलाई डिआरडिओले प्रमाणित गरेको छ भने यसलाई कार्यालयहरुमा वा घरमा प्रयोग गर्न निकै सजिलो र सहज रहेको छ ।

अझ यसलाई स्मार्टफोन एपबाट समेत नियन्त्रण गर्न सकिने सुविधा रहेको छ । जसको माध्यमबाट कति सेकेण्डसम्म स्प्रे गर्ने भन्ने समय निर्धारण गर्न सकिन्छ ।

कम्पनीले आगामी दिनमा १.२ लिटरको ओकमिस्ट मिनी ओकमिस्ट टचलेस स्यानिटाइजर डिस्पेन्सर समेत ल्याउने तयारी गरेको छ ।


क्याटेगोरी : कर्पोरेट



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ