२०८१ वैशाख ८, शनिबार
Health Aawaj logo
गृहपृष्ठकर्पोरेटनेपाल मेडिसिटी अस्पतालमा पिसिआर परीक्षण सेवा सुरु

नेपाल मेडिसिटी अस्पतालमा पिसिआर परीक्षण सेवा सुरु


काठमाडौं—ललितपुरस्थित नेपाल मेडिसिटी अस्पतालमा पिसिआर टेष्ट सेवा सुरु गरेको छ । स्वाब संकलन गरिएको २४ घण्टाभित्र नतिजा प्राप्त हुने गरी पिसिआर परीक्षण सेवा सुरु गरिएको अस्पतालका ल्याबोरेटोरी विभाग प्रमुख डा. गोपी अर्यालले बताए ।

उनले ओपिडीमार्फत आउने र भर्ना भएका बिरामीका लागि पिसिआर टेष्ट गर्ने संयन्त्र फरक रहेको पनि जानकारी दिए ।

अस्पतालका महाप्रबन्धक विजय रिमालले विदेशी नियोग, वैदेशिक रोजगारीमा जाने नेपाली, बैंक तथा कर्पोरेटहरुलाई नेपाल मेडिसिटीले सहुलियत शुल्कमा पिसिआर टेष्ट गरिरहेको बताए ।

मेडिसिटीले सन्चालनमा ल्याएको पिसिआर ल्याबमा दैनिक ८ सयभन्दा बढी स्याम्पल परीक्षण गर्न सक्ने क्षमता रहेको डा. अर्यालले बताए ।

पिसिआर टेष्टका लागि आउनुपूर्व अस्पतालमा नाम दर्ता गर्नुपर्नेछ ।


क्याटेगोरी : कर्पोरेट



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ