२०८१ वैशाख ७, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठकर्पोरेटपामाकेयर ब्रान्डको विभिन्न फ्लेवरयुक्त गुणस्तरीय ह्यान्डवास बजारमा

पामाकेयर ब्रान्डको विभिन्न फ्लेवरयुक्त गुणस्तरीय ह्यान्डवास बजारमा


काठमाडौं – पामाकेयर ब्रान्डले पछिल्लो समय बजारमा उच्च गुणस्तरको विभिन्न फ्लेवरमा ह्यान्डवास ल्याएको छ । आइएसओ ९००१ः२०१५ प्रमाणित उक्त कम्पनीले एक विज्ञप्ति जारी गरी जिएमपी प्रमाणित प्लान्टमा स्यानिटाइजर लगायत जनस्वास्थ्य र सरसफाइसँग सम्बन्धित अन्य वस्तु उत्पादन गरी बिक्री वितरण गर्दै आउनुको साथै कोभिड–१९ को महामारीबीच ह्यान्डवास उत्पादन सुरु गरेको जनाएको हो ।

कम्पनीका सञ्चालक महेशकुमार चौधरीका अनुसार विश्वव्यापी महामारी कोभिड–१९ को संक्रमण रोकथाममा स्यानिटाइजर, ह्यान्डवास, साबुन, मास्क जस्ता वस्तुको भूमिका प्रभावकारी देखिएको तथा विश्व स्वास्थ्य संगठन, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र विज्ञहरुले यसको प्रयोगमा जोड दिइरहेको सन्दर्भमा कम्पनीले सुपथ मूल्यमा सर्वसाधारणले गुणस्तरीय ह्यान्डवास प्राप्त गर्न सकून् भन्ने रहेको छ ।

उनले सो ह्यान्डवासमा ब्याक्टेरिया, भाइरस जस्ता मानव शरीरका लागि हानिकारक तत्वलाई समूल नष्ट गर्ने फर्मुला र पदार्थको सम्मिश्रण रहेको जानकारी दिए।
कम्पनीले यसअघि नै पामाकेयर ब्रान्डमा उच्च गुणस्तरको स्यानिटाइजर उत्पादन गरी बजारमा उपलब्ध गराइरहेको विज्ञप्तिमा उल्लेख छ।

हाललाई २५० मिलिलिटरको पम्पसहितको प्याकमा उपलब्ध ह्यान्डवासको मूल्य एक सय ५२ रुपैयाँ तोकिएको छ । रिफिल प्याकको हकमा एक लिटरको प्याक बजारमा पठाइएको कम्पनीले जनाएको छ ।


क्याटेगोरी : कर्पोरेट



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ