२०८१ वैशाख ११, मंगलबार
Health Aawaj logo
गृहपृष्ठकर्पोरेटबिध ल्याबबाट कोरोना परीक्षणको शुल्क अनलाइन भुक्तानी गर्दा ७ प्रतिशतसम्म छुट

बिध ल्याबबाट कोरोना परीक्षणको शुल्क अनलाइन भुक्तानी गर्दा ७ प्रतिशतसम्म छुट


काठमाडौं-विध म्यानेजमेन्ट प्रालिले विभिन्न अनलाइन प्रणालीबाट कोरोना परीक्षण शुल्क तिर्दा आकर्षक छुटको व्यवस्था गरेको छ । सरकारबाट मान्यता लिएर दैनिक कोरोना परीक्षण गराउँदै आएको यस ल्याबबाट परीक्षण गराउँदा तिर्नपर्ने शुल्क विभिन्न बैंकको अनलाइन भुक्तानीमार्फत गराउँदा ७ प्रतिशतसम्म छुटको व्यवस्था मिलाइएको छ ।

सरकारले तोकेको अधिकतम मूल्यभन्दा कम मूल्यमा परीक्षण गराउँदै आएको यस ल्याबमा कोरोना परीक्षण शुल्क ४ हजार तोकिएको छ । यसअघि नै अनलाइन भुक्तानीमार्फत २ सय छुट दिइएको थियो । आइएमई पे, एनआइसी एसिया बैंक, सानिमा बैंक, सिभिल बैंक, माच्छापुच्छे बैंकलगायतका बैंकहरुमार्फत अनलाइनबाटै भुक्तानी गर्दा ७ प्रतिशत छुटको व्यवस्था मिलाइएको बिधले जनाएको छ ।

पैसाको कारोबारबाट समेत कोरोना भाइरस फैलन सक्ने जोखिम रहेकाले अनलाइन भुक्तानी प्रणाली अपनाइएको बिध ल्याबका सञ्चालक विके भण्डारीले बताए ।

ल्याबले दैनिक ४ हजारभन्दा बढी कोभिड परीक्षण गर्न सक्छ । १३ साउनदेखि सरकारबाट मान्यता लिएर संचालनमा आएको विधले छिटो र छरितो रुपमा परीक्षण गराउँदै आएको छ । ल्याब ललितपुरको कुपण्डोलमा छ ।


क्याटेगोरी : कर्पोरेट



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ