२०८१ असोज २२, मंगलबार
Health Aawaj logo
गृहपृष्ठकर्पोरेटसमाज डेन्टल हस्पिटल र कुमारी बैंकबीच सहकार्य

समाज डेन्टल हस्पिटल र कुमारी बैंकबीच सहकार्य


काठमाडौं—ओम समाज डेन्टल हस्पिटल र कुमारी बैंकबीच दन्तरोगको उपचार र जनचेतना सम्बन्धि सहकार्यका लागि सहमति भएको छ । बुधबार सहमतिमा हस्पिटलका अध्यक्ष डा. सुभाष घिमिरे र कुमारी बैंकका डिसीईओ राजीव गिरीले हस्ताक्षर गरेका थिए ।

सहमतिअनुसार कुमारी बैंक लिमिटेडमा कार्यरत कर्मचारी तथा बैंकका सेवाग्राहीलाई दन्तरोगको उपचारमा छुटको ब्यवस्था हुनेछ ।

कार्यक्रममा कुमारी बैंक लिमिटेडका डिसीईओ गिरीले ओम समाज डेन्टल हस्पिटलसँग सहकार्य गर्न पाउँदा खुशी ब्यक्त गरे । उक्त अवसरमा कुमारी बैंक लिमिटेडका  रामचन्द्र खनाललगायतको उपस्थिती रहेको थियो ।


क्याटेगोरी : कर्पोरेट



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ