२०८१ वैशाख ७, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठकर्पोरेटमुहान पोखरीमा एकदिने स्वास्थ्य शिविर सम्पन्न

मुहान पोखरीमा एकदिने स्वास्थ्य शिविर सम्पन्न


काठमाडौँ – बुढानिलकण्ठको मुहानपोखरीमा एकदिने स्वास्थ्य शिविर कार्यक्रम सम्पन्न भएको छ। नेपाल मेडिसिटी अस्पताल, नेपाल अस्ट्रेलियन सर्भाईकल क्यान्सर फाउण्डेशन र बुढानीलकण्ठ नगरपालिकाको संयुक्त आयोजनामा बिहिबार एक दिने स्वास्थ्य शिविर सञ्चालन गरेको हो ।

महिलाहरुको पाठेघर तथा स्तन क्यान्सर सम्बन्धी प्रारम्भिक परीक्षण गर्ने उद्धेश्यले स्वास्थ्य शिविर कार्यक्रम गरेको हो।गृहिणी महिला संघ नेपाल, श्री पञ्चेश्वर महिला समाज र शिवपुरी नव जागृत क्लबको संयोजकत्व रहेको सो स्वास्थ्य शिविरमा वरिष्ठ स्तन शल्य चिकित्सक डा.ज्योति रायमाँझी र स्त्री तथा प्रसुतिरोग विशेषज्ञ डा. सुभाना दाहालले शिविरमा सहभागी महिलाहरुको स्वास्थ्य जाँच गरे ।

डा. रायमाँझीले सहभागी महिलाहरुमा स्तन क्यान्सर रोगबाट बच्न के र कस्ता विषयमा ध्यान दिने भन्नेबारे जनचेतना अभिवृद्धिका लागि जानकारीमूलक सामग्री पनि प्रस्तुत गर्नभएको थियो ।

शिविरमा सहभागी १०० महिलामा थर्मोकोगुलेसन प्रविधीबाट उपचार गर्दा १३ जनामा आङ खस्ने समस्या, १२ जनामा विभिन्न खाले संक्रमण, ४ जनामा प्रारम्भिक चरणको क्यान्सरको आशंका तथा १ जनामा स्तन क्यान्सरको आशंका गरिएको छ ।

 


क्याटेगोरी : कर्पोरेट



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ