२०८१ वैशाख २८, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठकर्पोरेटपशुपतिमा मेडिसिटी अस्पतालको निःशुल्क स्वास्थ्य शिविर सम्पन्न

पशुपतिमा मेडिसिटी अस्पतालको निःशुल्क स्वास्थ्य शिविर सम्पन्न


काठमाडौँ –  महाशिवरात्री पर्वको अवसरमा नेपाल मेडिसिटी अस्पतालद्वारा आयोजना गरिएको निःशुल्क स्वास्थ्य शिविरमा बुधबार र बिहिबार गरी करिब पाँच सय भक्तजन तथा सर्वसाधारणले स्वास्थ्य सेवा प्राप्त गरेका छन् ।

प्रत्येक वर्षजस्तै यस वर्षपनि नेपाल मेडिसिटी अस्पतालले पवित्र धार्मिक स्थलमा स्वास्थ्य सेवा प्रदान गरेकोमा एम्बुलेन्स सहितको चिकित्सक, पारामेडिक्स, तथा नर्स लगायतको चिकित्सकीय टोलीले बुधबार अपरान्ह देखि बिहिबार रातीसम्म सेवा सञ्चालन गरेको हो ।

शिविरमा केहि आकस्मिक अवस्थाका बिरामी हुनुहुन्थ्यो भने साधारण चेकजाँचका लागि थुप्रै व्यक्ति सहभागि हुनुहुन्थ्यो । सेवा प्राप्त गर्ने अधिकांश भक्तजनहरुमा साधारण घाँउ, चोटपटक र कमजोरी भएको पाइएको थियो ।

पशुपतिनाथमा अघिल्ला वर्षहरुमा जस्तो भीडभाड नभए पनि स्वास्थ्य प्रतिको सबैको चासो बढेका कारण शिविर स्थलमा थुप्रै भक्तजनहरुले अवलोकन गर्नुभयो । ब्लड प्रेसर तथा मधुमेह परिक्षण गर्नेहरुको पनि बाक्लो सहभागिता रहेको थियो ।

अस्पतालले यस किसिमका निःशुल्क स्वास्थ्य शिविरहरु आयोजना गर्दै आइरहेको छ भने कोभिड–१९ संक्रमण नियन्त्रणमा आएसंगै शिविर तथा जनचेतनामूलक कार्यक्रममा थप सक्रियता बढाउदै जाने महाप्रबन्धक विजय रिमालले बताए ।


क्याटेगोरी : कर्पोरेट



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ