२०८१ वैशाख १२, बुधबार
Health Aawaj logo
गृहपृष्ठकर्पोरेटब्लू क्रस अस्पतालले मनायो विश्व मृगौला दिवस

ब्लू क्रस अस्पतालले मनायो विश्व मृगौला दिवस


काठमाडौँ – हरेक वर्षझैँ यसवर्ष पनि ब्लू क्रस अस्पतालले विश्व मृगौला दिवस मनाएको छ।  अस्पतालले गत बिहिबार  वरिष्ठ डाक्टरहरुलाई जमघट गराएर इण्डियन मल्टि नेशनल कम्पनी वार्कर्डको सह-संयोजकत्वमा किड्नीसम्बन्धि जनचेतनामुलक कार्यक्रम आयोजना गरी मनाएको थियो।

उक्त कार्यक्रममा मृगौला रोगीहरुले अपनाउनुपर्ने सजकता तथा के कसरी यस रोगबाट टाढा रहन सकिन्छ भन्ने विषयमा वरिष्ठ नेफ्रोलोजिष्ट डा. सुधा खकुरेलबाट आफ्नो अमुल्य प्रस्तुतिकरण समेत प्रदान गरेका थिए ।

त्यस्तै, अर्का वरिष्ठ नेफ्रोलोजिष्ट डा. रजनी हाडाले समेत किड्नी रोग निवारण तथा उक्त रोगबाट बच्ने विभिन्न टिप्सहरु समेटेर आफ्नो भनाईहरु सूचनामुलक रुपमा प्रस्तुत गरेका थिए। साथै, यस हस्पिटलका मेडिकल अफिसर ईन्चार्ज डा. अस्मिता राईबाट समेत जानकारी मुलक प्रस्तुतिकरण प्रदान गरेकी थिइन ।

मृगौला रोगीहरुका लागि डायलाइसिस प्रविधिबाट उपचार गर्नका लागि विशेष योगदान पुर्याउनु हुने डायलाइसिस टेक्निसियनहरुलाई समेत ब्लू क्रस अस्पतालले विशेष सम्मान प्रदान गरेको थियो। जसबाट स्वास्थ्य सेवामा लागि परिरहेका प्राविधिकहरु अझै बढि हौसित भई सेवामा अग्रसर रहने यस हस्पिटलका कार्यकारी ब्यवस्थापन समितिका सदस्य–सचिव रजत श्रेष्ठले जानकारी दिए ।

ब्लू क्रस हस्पिटल नेपालको निजि हस्पिटलहरुबाट डायलाइसिस सेवा उपलब्ध गराउने पहिलो हस्पिटल रहेको तथा नेपाल सरकारसँग समन्वय गरी ब्लू क्रसले समेत डायलाइसिस सेवा निःशुल्क प्रदान गर्दै आएको अस्पतालकी प्रवन्धक सती देवी गौतमले जानकारी दिइन ।

नेपालमा कोभिड महामारीले हस्पिटल क्षेत्रलाई समेत नराम्रो चपेटामा पारे पनि ब्लू क्रस हस्पिटलको उत्कृष्ठ ब्यवस्थापन टिम वर्कको कारण डायलाइसिस सेवालाई एक दिनपनि अवरुद्ध हुन नदिइ हरेक चुनौतीको सामना गर्दै सेवामा निरन्तरता दिन सफल भएको अस्पतालले जनाएको छ।


क्याटेगोरी : कर्पोरेट



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ