२०८१ वैशाख १४, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठकर्पोरेटमेडिसिटी अस्पतालले मुटुको विशिष्ट उपचार विराटनगरमा सुरु गर्ने

मेडिसिटी अस्पतालले मुटुको विशिष्ट उपचार विराटनगरमा सुरु गर्ने


ललितपुर – नेपाल मेडिसिटी अस्पतालले मुटुको विशिष्ट उपचार विराटनगरमा सुरु गर्ने भएको छ । उक्त  अस्पतालले वैशाख १ गते देखि इन्टरभेन्सन् कार्डियोलोजी लगायत मुटुको अधिकांश विशिष्ट उपचार विराट मेडिकल कलेज टंकी सिनुवरी, बिराटनगरबाट सुरु गर्ने भएको हो ।

ललितपुरस्थित नेपाल मेडिसिटी अस्पताल र विराटनगरस्थित विराट मेडिकल कलेजले सोमबार एक सम्झौता गरेसँगै नेपाल मेडिसिटीका मुटुरोग विशेषज्ञहरुले विराटनगरमा सेवा विस्तार गर्ने भएका हुन् ।  उक्त सम्झौतापत्रमा हस्ताक्षर अस्पतालका कर्पोरेट विकास प्रमुख पंकज बाँस्कोटा तथा विराट मेडिकल कलेजका प्रमुख कार्यकारी अधिकृत तथा उपाध्यक्ष डेनिस कार्कीले गरेका छन्।

अस्पतालका चिफ अफ क्लिनिकल सर्भिसेज एण्ड एजुकेशन डा. नीलमणी उपाध्यायले उक्त सम्झौता ऐतिहासिक भएको जनाए। विशेषज्ञ चिकित्सकको खोजीमा बिरामीहरुले काठमाण्डौंसम्म पुग्न लामो तथा कष्टकर यात्रा गर्नुपरेको अवस्थामा यसले गुणस्तरीय उपचार सेवा अब बिरामीको घरदैलोमै प्राप्त हुने उनको विश्वास छ।

एन्जियोग्राफी, एन्जियोप्लाष्टि लगायत क्याथल्याबमार्फत गरिने इन्टर्भेन्सनल कार्डियोलोजी सेवाले विराटनगर लगायत पूर्वाञ्चलभरकै जनताहरुलाई आकस्मिक मुटुरोग उपचारमा सहजता प्राप्त हुने विश्वास लिइएको छ ।

मेडिकल कलेजका प्रमुख कार्यकारी अधिकृत तथा उपाध्यक्ष डेनिस कार्कीका अनुसार यस सम्झौता पश्चात बिराट मेडिकल कलेजको मुटरोग विभागको सञ्चालन नेपाल मेडिसिटी अस्पतालका चिकित्सकहरुले गर्ने र संयुक्त प्रयासले विराटनगरका जनता लाभान्वित हुनेछन् ।


क्याटेगोरी : कर्पोरेट



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ