२०८१ वैशाख ४, मंगलबार
Health Aawaj logo
गृहपृष्ठकर्पोरेटनर्भिकको क्याथल्याबको मृत्युदर ०.१३ प्रतिशत 

नर्भिकको क्याथल्याबको मृत्युदर ०.१३ प्रतिशत 


काठमाडौं – नर्भिक इन्टरनेशनल हस्पिटल मुटुसँग सम्बन्धित अपरेशन नगरी गरिने शल्यचिकित्सा(क्याथ ल्याब सर्भिस) सेवामा अब्बल देखिएको छ । नर्भिकको कर्पोरेट कम्युनिकेसन तथा पीआर डिपार्टमेन्टले आन्तरिक रुपमा गरेको एक अध्ययनमा यस्तो देखिएको हो ।

क्याथल्याबमा मुटुको एन्जियोग्राफी र एन्जियोप्लाष्टीबाट उपचार गरिन्छ । क्याथल्याबमा हुने मृत्युदर विश्वका विकसित मुलुकका स्तरीय अस्पतालहरुमा बढिरहेको छ । तर, नर्भिकको क्याथल्याबको मृत्युदर भने ती देशको भन्दा पनि अब्बल देखिएको छ ।

क्याथल्याबको स्थापनादेखि हालसम्म नर्भिकको क्याथल्याबमा आएका बिरामीहरुको कुल संख्या र मृत्यु भएका मानिसहरुको संख्या हेर्दा समग्र मृत्युदर ०.१३ प्रतिशत मात्र रहेको देखिएको हो । यो भनेको निकै सन्तोषजनक अवस्था हो ।

चैत २५ गतेसम्म नर्भिकको क्याथल्याबमा कुल १८ हजार ५९८ बिरामीहरु उपचार प्रक्रियामा सहभागी भएका थिए । यसमध्ये ३ हजार ४७७ जनाले एन्जियोप्लाष्टी गरेका थिए भने ११ हजार ९४८ को एन्जियोग्राफी गरिएको थियो । यति ठूलो संख्याका बिरामी क्याथल्याबमा आएका भए पनि एन्जियोप्लाष्टी गरेका २६ जनाको मात्र मृत्यु भएको थियो ।

यसरी हेर्दा नर्भिकको क्याथ ल्याबको मृत्युदर ०.१३ प्रतिशत मात्र रहेको छ । नर्भिकको कार्डियोलोजी विभागका निर्देशक डा. यादवदेव भट्टका अनुसार विश्वमा क्याथल्याबको औसत मृत्युदर १ देखि २ प्रतिशत हुने गरेको छ।


क्याटेगोरी : कर्पोरेट



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ