२०८० चैत्र १६, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठकर्पोरेटगण्डकी प्रदेशमा थप ६२४ जनामा कोरोना पुष्टि, ११२ जना संक्रमणमुक्त

गण्डकी प्रदेशमा थप ६२४ जनामा कोरोना पुष्टि, ११२ जना संक्रमणमुक्त

१२ जना कोरोना संक्रमितको मृत्यु


पोखरा-गण्डकी प्रदेशमा थप ६२४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयकाअनुसार अहिले गण्डकीमा ६ हजार ३३ जना सक्रिय संक्रमित रहेका छन् ।

सक्रिय संक्रमितमध्ये ५ हजार ८७६ जना होम आइसोलेसनमा रहेको निर्देशनालयले जनाएको छ । पछिल्लो २४ घन्टामा कोरोनामुक्त हुनेको संख्या ११२ रहेको छ ।

प्रदेशमा कोरोनाबाट मृत्यु हुनेको संख्या २८८ पुगेको छ । पछिल्लो २४ घन्टामा १२ जनाले ज्यान गुमाएको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ ।

पछिल्लो २४ घन्टामा कास्कीका ६ जनाले कोरोना संक्रमणका कारण ज्यान गुमाएका छन् । निर्देशनालयले म्याग्दी १ का ६० वर्षीय पुरुष, बेनी ९ की ५२ वर्षीया महिला, कास्कीको पोखरा महानगरपालिका १७ का ८४ वर्षीय पुरुष, पोखरा १६ की ६० वर्षीया महिला, पोखरा ६ का ५२ वर्षीय पुरुष, पोखरा २१ का ८० वर्षीय पुरुषको कोराना संक्रमणबाट मृत्यु भएको छ । पोखरा ६ की ३२ वर्षीया महिला र पोखरा ८ का ६५ वर्षीय पुरुषको पनि कोरोना संक्रमणका कारण ज्यान गुमाएका हुन् ।

रुपन्देहीको सैनामैना महानगरपालिका १ का ४० वर्षीय पुरुषको गण्डकी मेडिकल कलेज पोखरामा उपचारका क्रममा मृत्यु भएको निर्देशनालयले जनाएको छ । बुटवल उपमहानगरपालिका ११ की कोरोना संक्रमित ५५ वर्षीया महिलाको पोखरास्थित मणिपाल शिक्षण अस्पतालमा उपचारका क्रममा मृत्यु भएको छ ।

यस्तै,स्याङ्जाको भीरकोट नगरपालिका १ का ६८ वर्षीय कोरोना संक्रमित पुरुषको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा उपचारका क्रममा मृत्यु भएको छ । मंगलबार तनहुँको व्यास नगरपालिका १ की ५७ वर्षीया महिलाले कोरोना संक्रमणकै कारण ज्यान गुमाएकी छन् ।

निर्देशनालय दिएको जानकारी अनुसार पछिल्लो २४ घन्टामा कास्कीमा अहिलेसम्मकै धेरै ३५६ जनामा कोरोना पुष्टि भएको छ । यस्तै, स्याङ्जामा ८६, पर्वतमा ६०, नवलपरासी पूर्वमा ४५, तनहुँमा ३७, गोरखामा २५, म्याग्दीमा ८, लमजुङमा ३, बागलुङ र मुस्ताङमा २÷२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । सोही अवधिमा मनाङमा भने नयाँ संक्रमित भेटिएका छैनन् ।

गण्डकीमा हालसम्म २४ हजार ५०६ जना संक्रमितमध्ये १८ हजार १८५ जना कोरोनामुक्त भएका छन् । कूल १ लाख ५६ हजार ३८३ जनाको जाँच गरिएकोमा १ लाख ३१ हजार ८७७ जनाको रिपोर्ट नेगेटिभ आएको निर्देशनालयले जनाएको छ ।


क्याटेगोरी : कर्पोरेट



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ