२०८१ वैशाख १५, शनिबार
Health Aawaj logo
गृहपृष्ठकर्पोरेटनेपाल स्वयंसेवी रक्तदाता समाजको कार्यक्रममा २८ जनाले गरे रक्तदान

नेपाल स्वयंसेवी रक्तदाता समाजको कार्यक्रममा २८ जनाले गरे रक्तदान


काठमाडौं – नेपाल स्वयंसेवी रक्तदाता समाज काठमाडौं महानगरपालिका २० वडा नगर समितिले आयोजना गरेको रक्तदान कार्यक्रममा २८ जनाले रक्तदान गरेका छन्। बुधबार आयोजित आकस्मिक रक्तदान कार्यक्रममा पुरुष र महिला गरी २८ जनाले रक्तदान गरेको समितिले जनाएको हो।

कार्यक्रममा नेपाल स्वयंसेवी रक्तदाता समाजका केन्द्रीय अध्यक्ष प्रेमसागर कर्माचार्य, काठमाडौँ महानगरपालिका वडा नं. २० का अध्यक्ष राजेन्द्र मानन्धर, महानगरीय प्रहरी बृत्त जनसेवाका प्रमुख,प्रहरी नायब उपरीक्षक डिल बहादुर मल्ल लगायतको विशेष उपस्थिति थियो।

कार्यक्रमका प्रमुख आतिथि तथा समितिका अध्यक्ष एवं स्वयंसेवी शतक रक्तदाता कर्माचार्यले रक्तदान गर्ने स्वयंसेवी रक्तदाताहरूलाई समाजद्वारा प्रकाशित २०७८ सालको नयाँ वर्षको क्यालेन्डर, याेग विज्ञानसम्बन्धि जानकारी मूलक पुस्तक, मास्क, पञ्जा र डाेनर पनि सम्मान स्वरूप प्रदान गरे।

विहान ८:३० देखि १० बजेसम्म सञ्चालित साे आाकस्मिक रक्तदान कार्यक्रमकाे संयाेजन एवं सञ्चालन २० वडा नगर समितिका सचिव राजेश मानन्धरले गरेका थिए।


क्याटेगोरी : कर्पोरेट



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ