२०८० चैत्र १५, बिहीबार
Health Aawaj logo
गृहपृष्ठकर्पोरेटकोभिड–१९ संक्रमण रोक्न गोदरेजको ‘मिस्टर म्याजिक, स्वच्छतामा सुरक्षा’ अभियान

कोभिड–१९ संक्रमण रोक्न गोदरेजको ‘मिस्टर म्याजिक, स्वच्छतामा सुरक्षा’ अभियान


काठमाडौं–नेपालमा यतिबेला कोभिड–१९ को दोस्रो लहर तीब्र रुपमा फैलिरहेको छ । कोभिड–१९ संक्रमण फैलावट रोक्नका लागि गोदरेजले ‘मिस्टर म्याजिक, स्वच्छतामा सुरक्षा’ अभियान सुरु गरेको छ ।

कोभिड–१९ महामारीको समयमा हात धुने महत्वलाई ध्यानमा राख्दैं मान्छेहरुलाई हात धुन प्रोत्साहन गर्ने उद्देश्यले सो अभियान सुरु गरेको बताइएको छ । यस अभियानअन्तर्गत गोदरेजले भाटभटेनीलगायत काठमाडौंका विभिन्न प्रमुख अस्पतालहरुमा हात धुने अभियान सुरु गरेको हो ।

अभियानअन्तर्गत राजधानीको १० वटा अस्पतालहरुमा यो अभियान सञ्चालन गरिएको छ । सहिद गंगालाल हृदय रोग केन्द्र, त्रि.वि. शिक्षण अस्पताल, अल्का अस्पताल, ओम हस्पिटल र केएमसी अस्पतालमा यो महिना र ग्रिन सिटी हस्पिटल, मनमोहन मेमोरियल हस्पिटल, पाटन हस्पिटल, सुमेरु हस्पिटल र नेपाल मेडिकल कलेज एण्ड हस्पिटलमा अर्को महिनादेखि यो अभियान सुरु हुनेछ ।

यी हस्पिटलहरुमा ‘मिस्टर म्याजिक’को निःशुल्क हात धुने स्टलको व्यव्स्था गरिएको छ ।

प्रत्येक स्टलमा गोदरेजको उत्पादन ‘मिस्टर म्याजिक ह्यान्डवास’ र पानीको व्यवस्था गरिएको छ । ‘मिस्टर म्याजिक पाउडर ह्यान्डवास’ हो जुन पानीको सम्पर्कमा आएपछि लिक्विड बन्छ । एउटा बोटलमा २०० मि.लि. पानी र ‘मिस्टर म्याजिक पाउडर’ राखेर सजिलै ह्यान्डवास बनाउन सकिनेछ । यसको रिफिल पनि बजारमा सजिलै उपलब्ध छ ।

कोभिड–१९ को संक्रमणबाट बच्ने प्रमुख उपाय पटक–पटक हात धुनु हो । गोदरेजको यो अभियानले एक व्यक्तिबाट अर्को व्यक्तिमा कोभिड–१९ को संक्रमण फैलिन रोक्ने विश्वास कम्पनीले लिएको छ । कम्पनीले यो आफूहरुको सानो प्रयास भएको जनाएको छ । स्वच्छताका लागि गोदरेजका विभिन्न उत्पादनहरु प्रभावकारी र विश्वसनीय रहेको कम्पनीले जनाएको छ ।


क्याटेगोरी : कर्पोरेट



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ