२०८१ वैशाख ७, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठकर्पोरेटनेपाल लाइफको कोभिड–१९ विरुद्धको सचेतनामूलक भिडियो

नेपाल लाइफको कोभिड–१९ विरुद्धको सचेतनामूलक भिडियो


काठमाडौं–नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले अहिलेको कोभिड–१९ महामारीलाई मध्यनजर गर्दै मर्मस्पर्सी सचेतनामूलक भिडियो सार्वजनिक गरेको छ । कम्पनीले ‘सचेत बनौ ! कोरोना विरुद्धको यो लडाइ घरमै बसेर लडौ’ भन्ने सन्देशसहितको सांगीतिक भिडियो तयार पारेको हो ।

भिडियोमा कोभिड–१९ महामारीमा सबैजनाले आ–आफ्नो क्षेत्रबाट योगदान गर्न आग्रह गरिएको छ । यो महामारीमा सबैको पीडा उस्त–उस्तै छ र महामारीसँग जुध्न देश साथमा रहेको सन्देश शब्द तथा भिडियोमा उल्लेख गरिएको छ ।

आफू बाँच्ने र अरुलाई पनि बचाउन हामी आफैले सावधानी अपनाउन सन्देश पनि दिइएको छ । भोलिका दिनमा महामारीबाट मुक्त भएर सामान्य अवस्थामा जनजीवन आएपछि फेरी पनि हामी रमाउला भन्ने सन्देश उक्त भिडियोमा देखाइएको छ ।

भिडियोको अन्त्यमा सचेत बनौ, कोरोना विरुद्धको यो लडाइ घरमै बसेर लडौं भनेर कम्पनीले सबैमा अनुरोध गरेको छ ।

सुनिल कोइरालाको शब्दलाई नेपाल लाइफकै कम्युनिकेसन एण्ड ब्राण्डिङ प्रमुख मेघेन्द्रप्रकाश गिरीको परिकल्पना तथा निर्देशनले उत्कृष्ट भिडियो बनेको छ । हालको विषम परिस्थितिलाई यथार्थपरक रुपमा प्रस्तुत गरी शब्दलाई भिडियोमा न्याय दिन सफल भएको छ ।

पुष्कर महतोको स्वर, संगीत र एरेञ्ज रहेको भिडियोलाई कुमार कटुवाल, प्रकाश गोपाली र रविन घिमिरेले छायांकन गरेका हुन् । सन्तोष दवाडीले सम्पादन गरेको उक्त भिडियो अल थ्री मिडिया घर, बागबजारको पोष्ट प्रोडक्सन रहेको छ । उक्त भिडियो पोष्ट प्रोडक्सन प्रमुख पदम तिमल्सिना रहेका थिए ।

भिडियो


क्याटेगोरी : कर्पोरेट



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ