२०८१ वैशाख ६, बिहीबार
Health Aawaj logo
गृहपृष्ठकर्पोरेटडिकोडले फ्रन्टलाइनर र फ्रन्टलाइनरका परिवारलाई पिसिआरलगायतका सबै परीक्षणमा ५० प्रतिशत छुट दिने

डिकोडले फ्रन्टलाइनर र फ्रन्टलाइनरका परिवारलाई पिसिआरलगायतका सबै परीक्षणमा ५० प्रतिशत छुट दिने

अब डिकोड पूर्ण डाइग्नोष्टिक सेन्टर, भारत पठाउनुपर्ने परीक्षण पनि नेपालमै हुने


काठमाडौं–डिकोड जिनोमिक्स एण्ड रिसर्च सेन्टरले अब सबै किसिमका प्रयोगशाला परीक्षण गर्ने भएको छ । ७ वर्षअघि युवाहरुको समूहले डिकोडलाई नेपालमै पहिलो निजी पिसिआर परीक्षण प्रयोगशालाका रुपमा स्थापना गरेका थिए ।

‘विगत ७ वर्षअघि पिसिआर परीक्षण गर्ने पहिलो प्राइभेट प्रयोगशालाका रुपमा हामीले डिकोड सुरुवात गरेका थियौं,’ डिकोडका कार्यकारी निर्देशक सुनिल लेखकले हेल्थआवाजसँग भने, ‘अहिले आएर सबै खाले परीक्षण हुने  पूर्ण डाइग्नोष्टिक सेन्टर सेन्टरका रुपमा यसलाई विकास गरेका छौं ।’

पूर्ण डाइग्नोष्टिक सेन्टरका रूपमा विकास गरिएको डिकोडले नेपालमै नभएका परीक्षणहरुलाई बढी प्राथमिकता दिएको छ । विशेषतः क्यारियोटाइपिङ एण्ड फिस, इम्युनोहिस्ट्रोक्यामेष्ट्री, फ्लोसाइट्रोमेट्रीजस्ता सेवालाई सेन्टरले बढी महत्व दिएको छ ।

‘नेपालमा नभइरहेका परीक्षणहरु सुरुवात गर्न पाएकोमा हामी खुसी छौं,’ लेखकले थपे, ‘यसले थोरै भएपनि स्याम्पल परीक्षणका लागि भारतमा पठाउनुपर्ने र त्यसको रिपोर्ट कुर्नुपर्ने बाध्यताबाट नेपालीलाई राहत पुग्नेछ भन्ने आशा गरेका छौं ।’

डिकोडलाई पूर्ण सेन्टरका रुपमा विकास गरेसँगै डिकोडको कार्यलय बागबजारको भक्तपुर बसपार्कको अपोजिटबाट सञ्चालन हुन थालेको छ । यसअघि डिकोडको कार्यलय सिनामंगलमा रहेको थियो ।

फ्रन्टलाइनर र फ्रन्टलाइनरका परिवारलाई ५० प्रतिशत छुट

डिकोडले कोभिड–१९ को पहिलो लहरमा बेला फ्रन्टलाइनरलाई पिसिआर परीक्षणमा ५० प्रतिशत छुट दिएको थियो । अहिले उक्त छुटको दायरलाई प्रयोगशालाले बढाएको छ ।

अब डिकोडले स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, सञ्चारकर्मी र सरसफाइ कर्मचारीजस्ता फ्रन्टलाइनर र तिनका परिवारलाई समेत कोभिड–१९ सँगै प्रयोशालाबाट उपलब्ध हुने अन्य सबै परीक्षणमा ५० प्रतिशत छुटको दिनेछ ।

‘यो महामारीका बेला हामी सबैले फ्रन्टलाइनरको मनोबल वृद्धि गर्नुपर्छ,’ लेखकले भने, ‘त्यही कारण उहाँहरुको सेवाप्रतिको सम्मान स्वरुप हामीले फ्रन्टलाइनर र फ्रन्टलाइनरको परिवारलाई कोभिड–१९ लगायतका सबै परीक्षणमा ५० प्रतिशत छुट दिनेछौं ।’


क्याटेगोरी : कर्पोरेट



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ