२०८१ वैशाख १४, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठकर्पोरेटओम अस्पतालमा बेसिक कार्डियाक लाइफ सपोर्ट कार्यशाला संचालनमा

ओम अस्पतालमा बेसिक कार्डियाक लाइफ सपोर्ट कार्यशाला संचालनमा


काठमाडौं- काठमाडौंको चावहिलस्थित ॐ हस्पिटल एण्ड रिसर्च सेन्टरले असपतालमा नवनियुक्त मेडिकल स्टाफहरुकालागि बेसिक कार्डियाक लाइफ सपोर्ट (बिएलएस) कार्यशाला सञ्चालन गरेको छ ।

अस्पतालको मानव संसाधन विभाग तथा नर्सिङ विभागको नियमित कार्यक्रम सिएनईअन्तर्गत संचालन गरिएको बिएलएस कार्यक्रममा बेसिक लाइफ सपोर्टसँगै क्रिटिकल केयर नर्सिङ प्रोसिड्युअर न्यूरोलोजिकल एसेसमेन्ट तथा इन्फेक्सन प्रिभेन्सन एन्ड कन्ट्रोल लगायतका विषयमा पनि प्रशिक्षण गरिएको थियो ।

अस्पतालका संचालक समितिका अध्यक्ष डा. आनन्द प्रसाद श्रेष्ठले नवनियुक्त मेडिकल स्टाफ तथा नर्सिङ स्टाफहरुलाई  अस्पताल परिवारमा स्वागत गर्दै हातमा हात जोडेर कोभिड-१९ को महामारीको समाना गर्न एक भएर लाग्न आग्रह गरे  । उनले कार्यशालामा सहभागि सबैलाई शुभकामना दिंदै अस्पतालले आफ्ना मेडिकल स्टाफहरुका लागि मेडिकल तथा क्लिनिकल ज्ञान र सीप अभिबृद्धिमा कुनै कसर बाँकी नराख्ने प्रतिवद्धता ब्यक्त गरे  ।

यस्तै, अस्पतालका मेडिकल डाइरेक्टर डा. हरिश जोशीले कोभिड-१९को विश्वव्यापी  महामारी र अस्पतालमा बढ्दो बिरामीको चापलाई स्तरीय उपचार सेवाको निरन्तरताका लागि ॐ अस्पतालले यस किसिमका तालिम तथा कार्यशालाहरु सञ्चालन गरी मेडिकल स्टाफहरुको आत्मविश्वास पनि बढाउने गरेको जनाए ।

कायक्रममा बोल्दै अस्पतालका प्रमुख कार्यकारी अधिकृत यम बहादुर महतले बिएलएस तालिमका सहभागीहरुलाई सम्बोधन गर्दै आफुले सिकेका सीप तथा ज्ञानलाई पूर्णरुपमा उपयोग गरी स्तरिय उपचारसेवा प्रदान गर्नसके यस किसिमका तालिमहरुले सार्थकता पाउने विश्वास ब्यक्त गरे ।

ॐ हस्पिटलका इमर्जेन्सी विभागका प्रमुख आकस्मिक उपचार विशेषज्ञ डा. लक्षमण भुषाल (डिएम,इमर्जेन्सि मेडिसिन) मुख्य प्रशिक्षक रहेकी तालिममा नर्सिङ डाइरेक्टर उमा श्रेष्ठ, सघन उपचार विभागककी नर्सिङ इन्चार्ज सविना ढकाल, सघन उपचार विभागमा कार्यरत सिनियर नर्सिङ स्टाफहरु अमृता राना मगर र मन्दिरा थापाले प्रशिक्षण दिएका थिए ।

अस्पतालले समसमायिक मेडिकल अपडेट तथा क्लिनिकल स्किल इन्ह्यान्समेन्ट प्रोग्रामअन्तर्गत नियमित रुपमा यस कसिसमका सिएमई तथा सिएनईहरु सञ्चालन गर्दै आइरहेको छ ।


क्याटेगोरी : कर्पोरेट



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ