२०८१ वैशाख १३, बिहीबार
Health Aawaj logo
गृहपृष्ठकर्पोरेटफ्रन्टलाइनरलाई सिद्धार्थ विजनेश ग्रुपले रुममा ५० प्रतिशत र खानामा १५ प्रतिशत छुट दिने

फ्रन्टलाइनरलाई सिद्धार्थ विजनेश ग्रुपले रुममा ५० प्रतिशत र खानामा १५ प्रतिशत छुट दिने


काठमाडौं—कोभिड—१९ विरुद्धका फ्रन्टलाइनरलाई सिद्धार्थ विजनेश ग्रुपले आफ्ना सेवामा छुट दिने भएको छ । विजनेश ग्रुपले कोभिड-१९ सामान्य भएर होटल सञ्चालनमा आएपछि रूम भाडामा ५० प्रतिशत छुट दिने तयारी गरेको हो ।

विजनेश ग्रुपका सिइओ कृष्ण न्यौपानेकानुसार फ्रन्टलाइनमा खटिएका चिकित्सक, स्वास्थ्यकर्मी र सुरक्षाकर्मीलाई सम्मान स्वरूप बिजनेश ग्रुपले यस्तो तयारी अगाडि बढाएको हो ।

‘अवस्था सामान्य भएर हिडडुल सहज भएपछि र सरकारले होटलमा सञ्चालनको अनुमति दिएपछि हामी फ्रन्टलाइनर स्वास्थ्यकर्मी, चिकित्सक र सुरक्षाकर्मीलाई ५० प्रतिशत छुट दिनेछौं,’ उनले भने, ‘यो सरकारले होटल सञ्चालनको अनुमति दिएपछि लागु हुनेछ ।’

यस्तै, सिद्धार्थले फुडमा पनि फ्रन्टलाइनरलाई १५ प्रतिशत छुटको सुविधा दिएको छ । जुन अहिले होम डेलिभरी सेवामा पनि लागु गरेको उनले बताए । यो व्यवस्था होटल सञ्चालनमा आएपछि पनि जारी रहने उनले जानकारी दिए ।


क्याटेगोरी : कर्पोरेट



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ