२०८० चैत्र १५, बिहीबार
Health Aawaj logo
गृहपृष्ठकर्पोरेटनर्भिकमा फिजियोथेरापीको होम सर्भिस सुरु

नर्भिकमा फिजियोथेरापीको होम सर्भिस सुरु


काठमाडौं – काठमाडौंको थापाथलीस्थित नर्भिक इन्टरनेशनल हस्पिटलले फिजियोथेरापीको होम सर्भिस सुरु गरेको छ । पछिल्लो समय लोकप्रिय हुँदै गएको उपचारविधि फिजियोथेरापी सेवा अब नर्भिक अस्पतालको विशेषज्ञसहितको टिमले घरमै गएर उपलब्ध गराउने भएको हो ।

हाल स्वास्थ्य क्षेत्रमा व्यक्तिगत रुपमा फिजियोथेरापिष्टहरुले होम सर्भिसको सेवा दिने केही अभ्यास रहे पनि संस्थागत रुपमै यस्तो अभ्यास त्यति धेरै भएको थिएन । नर्भिकले फिजियोथेरापी सेवालाई घरमै पुगेर दिने संस्थागत प्रयासको थालनी गरेको हो ।

तत्कालका लागि यो सेवा काठमाडौं उपत्यकाभित्र मात्र सिमित गरिएको छ । कोहीकसैलाई फिजियोथेरापी सेवा चाहिएमा नर्भिकमा फोन सम्पर्क गरी फिजियो थेरापिष्टहरुलाई बोलाउन सकिनेछ ।

फोन गरेपछि बिरामीको विषयमा बताइएको अवस्थाको गम्भीरतालाई हेरी चाँडोभन्दा चाँडो अस्पतालका फिजियोथेरापिष्टहरु अत्याधुनिक उपकरणसहित बिरामीको घरैमा पुग्नेछन् ।

नर्भिक अस्पतालबाट यो सेवा लिनका लागि बिहान ८ बजेदेखि बेलुका ६ बजेसम्म सम्पर्क गर्नुपर्नेछ । नर्भिकले थालेको होम सर्भिसले फिजियोथेरापी सेवाका लागि मात्र अस्पताल बस्नुपर्ने बाध्यतामा रहेका बिरामीहरु र कोभिड–१९ को संक्रमणको जोखिमका कारण अस्पताल पुग्न नचाहने बिरामीहरु बढी लाभान्वित हुने नर्भिकको फिजियोथेरापी डिपार्टमेन्ट प्रमुख समीम अख्तरले जानकारी दिए ।


क्याटेगोरी : कर्पोरेट



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ