२०८१ वैशाख १२, बुधबार
Health Aawaj logo
गृहपृष्ठकर्पोरेटसंघीय दाँत तथा मुख रोग अस्पताल स्थापना सम्बन्धि कार्यशाला गोष्ठी

संघीय दाँत तथा मुख रोग अस्पताल स्थापना सम्बन्धि कार्यशाला गोष्ठी


काठमाडौँ – आँखा, नाक, कान, घाँटी तथा मुख स्वास्थ्य उपचारात्मक सेवा महाशाखाले विज्ञहरुसँगको एक दिने कार्यशाला गोष्ठी स्वास्थ्य सेवा विभाग काठमाडौँमा सम्पन्न गरेको छ । कार्यशाला गोष्ठीको उदघाटन शत्रको अध्यक्षता उपचारात्मक सेवा महाशाखाका निर्देशक डा. पवनजंग रायमाझीले गर्नु भएको हो ।

कार्यक्रमको माइलस्टोन जानकारी तथा उद्देश्यका  बारेमा शाखा प्रमुख डा. प्रकाश बुढाथोकी र मस्यौदाका बारेमा परामर्शदाता प्रा.डा. शैली प्रधानले प्रस्तुतीकरण गर्नु भएको थियो भने संचालन कमलेश मिश्रले गरेका छन् । कार्यक्रमलाई सम्बोधनमा स्वास्थ्य सेवा विभागका महानिर्देशक डा. दिपेन्द्र रमण सिंहले यो दिन ऐतिहासिक बन्न सकोस भन्ने शुभकामना दिंदै अस्पताल स्वतन्त्र भएपनि स्वास्थ्यका अन्य विद्याहरुसँग एकिकृत गर्दे लान पर्नेमा जोड दिए।

निर्देशक डा. पवन रायमाझीले एकिकृत हुन नसकेको तथा ओझेलमा परेको यस दाँत तथा मुख सेवा स्वास्थ्यका तल्ला तहदेखी नै शुरु गर्दे संघीय अस्पताल एक रिफरल अस्पताल बन्ने गरी निचोड निकाल्न सुझाव तथा शुभकामना ब्यक्त गर्नुका छन्।

कार्यशाला गोष्ठीमा नेपालगन्ज, कान्तिपुर, किष्ट, काठमाडौँ, नेपाल, पीपल्स डेन्टल कलेज, न्याम्स, पाटन, पोखरा प्रतिष्ठान,नीजि डेण्टल अस्पताल तथा सैनिक, शसस्त्र, प्रहरी, वीर, लुम्बिनी, वीरगन्ज, भरतपुर, भक्तपुर लगायतका अस्पतालमा कार्यरत ३० जना कन्सल्टेण्ट दन्तचिकित्सकहरु र सरोकारवालाको सहभागिता थियो ।

३ वटा कार्यपत्र प्रस्तुतका साथै ३ समुह बिभाजन गरी टिप्पणी प्रस्तुत तब ३ वटै समुहबाट बीपीकेआईएचएस धरानका प्रा.डा. ज्योत्सना रिमाल,कान्तिपुर डेण्टल कलेजका प्रा.डा. रबिन्द्रमान श्रेष्ठ र नेसनल डेण्टल हस्पिटलका डा. अनारकली पीयाले पुन छलफल गरी मस्यौदालाई अन्तिम रुप दिईएको डा. बुढाथोकी बताउनुहुन्छ । अन्तिम मस्यौदा डा. श्रेष्ठले प्रस्तुत गर्दे थप छलफलसहित निचोडमा पुगीएको डा. बुढाथोकी बताउछन् ।

संघीयताको मर्मलाई आत्मसात गर्दे अस्पताल स्थापना गर्दा स्थानीय जनप्रतिनीधिको ईच्छाशक्ति, उपलब्ध जनशक्ति तथा मेडिकल ब्याकअप भएको स्थान छनौट गर्न सिफारिस गरेको छ । त्यस्तै, संघीय दन्त अस्पताल कम्तीमा १ सय डेन्टल चियर र प्रादेशिक दन्त अस्पताल ५० डेण्टल चियर भएको दा“त तथा मुख रोग अस्पताल खोल्न सुझाएको छ ।

रोगको गम्भीरता अनुसार जनशक्ति विशेषज्ञ सेवा,ओरल हाईजिन ईकाई,दन्त ल्याब लगायतका विभाग, जनशक्ति, सर्पाेटिभ जनशक्तिसहित प्रमुखतया सर्वसाधारणका लागी विशेषज्ञ सेवा दिन अस्पताल खोलिनपर्ने निष्कर्ष निकालेको छ । अस्पतालले रोकथाम, उपचारात्मक, पुनस्थापना  प्रमासक सबै दन्त सेवा एकै छानाबाट दिनपर्ने बताएको छ ।

महाशाखाको आबको स्वीकृत कार्यक्रमअनुसार प्राविधिक कार्य समुहको सुझावअनुसार काठमाडौँ उपत्यका, दा· उपत्यका, पोखरा र चितवनमा सम्भाव्यता अध्ययन गरिएको थियो । प्राविधिक कार्य समुहको विज्ञहरुमा पुर्व स्वास्थ्य सचिव प्रा.डा. प्रविण मिश्र, डा. शुसिल कोईराला र प्रा. डा. शुरजराम भक्त माथेमा सहभागी थिए । शाखा प्रमुख डा. प्रकाश बुढाथोकीको अध्यक्षतामा सञ्चालित समापन कार्यक्रममा सहभागीको तर्फबाट न्याम्स वीर अस्पतालका डा. किशोर भण्डारी र किष्ट मेडिकल कलेजका सिजन पौड्यालले मन्त्ब्य राखेका थिए ।


क्याटेगोरी : कर्पोरेट



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ