२०८१ वैशाख १३, बिहीबार
Health Aawaj logo
गृहपृष्ठकर्पोरेटबालबालिकाको सघन उपचार गुणस्तरीय बनाउन मेडिसिटीमा प्रशिक्षण

बालबालिकाको सघन उपचार गुणस्तरीय बनाउन मेडिसिटीमा प्रशिक्षण


ललितपुर – नेपाल मेडिसिटी अस्पतालका नर्सहरुले बालबालिकाको सघन उपचार गुणस्तरीय कसरी बनाउन सकिन्छ भन्ने विषयमा चार दिने प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । साउन १८ देखि अस्पतालमा आयोजना गरिएको प्रशिक्षण कार्यक्रम बिहिबार सम्पन्न भएको हो ।

सो  कार्यक्रममा २० जना बालरोग विभागमा कार्यरत नर्सहरुले विभिन्न विषयमा प्रशिक्षण प्राप्त गरेका छन् । बाल सघन उपचारमा आवश्यक पर्ने सैद्धान्तिक तथा व्यवहारीक ज्ञान प्रदान गर्न प्रशिक्षण कार्यक्रममा आईसियु सेवा, मेकानिकल भेन्टिलेटर, संक्रमण न्युनिकरण, बिरामी सुरक्षा तथा गुणस्तरिय उपचार, स्तनपानबारे जनचेतना, खानपान सन्तुलन, फिजियोथेरापी तथा अन्य नैतिकताका विषयहरुलाई समेटिएको थियो ।

नेपाल मेडिसिटी अस्पतालको बालरोग विभाग प्रमुख डा. आना शर्मा तथा नवजात शिशुरोग विभाग प्रमुख डा. सुचिता श्रेष्ठ जोशीले नेतृत्व गर्नुभएको प्रशिक्षण कार्यक्रममा गुणस्तर तथा बिरामी सुरक्षा, प्रशिक्षण विभाग, पोषण विभाग, नर्सीङ एडुकेटर लगायतको टोली संलग्नता रहेको थियो ।

सघन उपचारका हरेक विषयलाई समेटेको प्रशिक्षण कार्यक्रमबाट सहभागि नर्सहरुले आफ्नो क्षमता अभिवृद्धि गरी कुनैपनि आपतकालीन अवस्थामा बालबालिकाहरुलाई उत्कृष्ट सेवा प्रदान गर्न सक्ने डा. आना शर्माको अपेक्षा छ । उनले यस किसिमका प्रशिक्षण कार्यक्रमलाई भविष्यमा पनि निरन्तरता दिइने बताए ।

नेपाल सरकारले तेश्रो भेरियन्टको प्रभाव बालबालिकामा पर्न सक्नेबारे सु–सुचित गरिरहेको अवस्थामा यस किसिमको प्रशिक्षणले त्यस्तो परिस्थिती आइहाले तयारी अवस्थामा रहन सहयोग पु¥याउने आशा राखिएको छ ।


क्याटेगोरी : कर्पोरेट



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ