२०८१ वैशाख १३, बिहीबार
Health Aawaj logo
गृहपृष्ठकर्पोरेटनेपाल मेडिसिटीद्वारा पाइलट र क्याबिन क्रियुलाई प्रि-हस्पिटल केयर प्रशिक्षण

नेपाल मेडिसिटीद्वारा पाइलट र क्याबिन क्रियुलाई प्रि-हस्पिटल केयर प्रशिक्षण


काठमाडौँ – नेपाल मेडिसिटी अस्पतालले पाइलट र क्याबिन क्रियु तथा प्रशासनिक कर्मचारीहरुलाई प्रि-हस्पिटल केयर प्रशिक्षण प्रदान गरेको छ। अस्पताल, यती एअरलाइन्स तथा तारा एअरबीच एयरक्राफ्टमार्फत बिरामीहरुको उद्धार गर्ने सहकार्य कार्यान्वयनमा आएसँगै सेमबार अस्पतालले पाइलट र क्याबिन क्रियु तथा प्रशासनिक कर्मचारीहरुलाई प्रि हस्पिटल केयरबारे प्रशिक्षण प्रदान गरेको हो ।

देशका विभिन्न स्थानबाट बिरामी स्थानान्तरण गर्नेक्रममा के–कस्ता प्रक्रिया तथा सावधानी अपनाउन सकिन्छ भन्ने विषयमा कर्मचारीहरुलाई प्रशिक्षण प्रदान गरिएको हो ।

मेडिसिटीका प्रि हस्पिटल केयर तथा आकस्मिक उपचार विभाग प्रमुख डा. सञ्जय कार्की तथा इन्फेक्सन कन्ट्रोल नर्स रक्षा अधिकारलिे प्रशिक्षण प्रदान गरेको कार्यक्रममा यती तथा तारा एयरका १५ जना कर्मचारी सहभागी थिए ।

हाल देशमा हेलीकोप्टरबाट तथा चार्टर्ड फ्लाईटबाट बिरामीहरुलाई स्थानान्तरण गर्ने गरिएकोमा अब यती एअरलाइन्स तथा तारा एयरले नियमित एयरलिफ्ट एम्बुलेन्स सेवा उपलब्ध गराउने भएको छ । यस व्यवस्थाले बिरामीहरुलाई रात्रीकालीन उद्धार उडान गर्न समेत सहज हुने भएको हो ।

द्विपक्षिय सम्झौताको कार्यान्वयनसँगै यती तथा ताराका कर्मचारीहरु तथा स्काई क्लबका सदस्यहरुले अस्पतालको सेवामा विशेष सहुलियत समेत प्राप्त गर्नेछन्। देशभरका नागरिक सम्म उच्चस्तरीय सेवा प्रदान गर्ने लक्ष्य राखेको अस्पतालका लागि यती एयरलाइन्ससँगको यस सम्झौताले विशेष भूमिका खेल्न सक्ने आशा राखिएको छ ।


क्याटेगोरी : कर्पोरेट



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ