२०८१ वैशाख १४, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठकर्पोरेटनर्भिकमा मधुमेह पीडित ८१ वर्षीया वृद्धाको दूरबीनबाट सफल शल्यक्रिया

नर्भिकमा मधुमेह पीडित ८१ वर्षीया वृद्धाको दूरबीनबाट सफल शल्यक्रिया


काठमाडौं – नर्भिक इन्टरनेशनल हस्पिटलमा ८१ वर्षीया वृद्धाको दूरबीन प्रविधिबाट पाठेघरको सफल शल्यक्रिया गरिएको छ । अस्पतालकी वरिष्ठ स्त्री रोग एवं ल्याप्रास्कोपिक सर्जन डा. नुतन शर्मा नेतृत्वको टिमले बिहीबार विहान विराटनगरकी विद्यादेवी भट्टराईको पाठेघरको सफल शल्यक्रिया गरेको हो ।

छातिसम्बन्धि समस्याका साथै उच्च रक्तचाप, मधुमेह र थाइराइडको समस्याबाट ग्रसित भट्टराईको दूरबीन प्रविधिबाट शल्यक्रियामार्फत पाठेघर झिकिएको डा. शर्माले बताइन ।

बढी उमेर समूह र मोटोपन भएका बिरामीको दूरबीन प्रविधिबाट शल्यक्रिया सम्भव हुँदैन कि भन्ने धारणा कतिपय बिरामीमा हुने गरेको भन्दै डा. शर्माले भनिन्,‘नर्भिक हस्पिटलमा दुवै उच्च जोखिम समूहका बिरामीको सफल रुपमा दुरविनबाट शल्यक्रिया गरिसकेका छौं ।’

यसअघि १३४ किलो तौल समूहको महिलाको पनि डा. शर्मा नेतृत्वको टिमले दूरबीन प्रविधिबाट पाठेघरको सफल शल्यक्रिया गरेको थियो ।

पेट चिरेर गरिनेभन्दा दुरविन प्रविधिबाट गरिने शल्यक्रिया बिरामीका लागि सुविधायुक्त र लाभदायक हुने गर्दछ ।सामान्यतः वृद्धा अवस्थामा विभिन्न स्वास्थ्य समस्या भएका महिलाको दूरबीनबाट पाठेघरको अप्रेशन गर्नु जटिल मानिए पनि आफ्ना दक्ष चिकित्सकसहितको टिमले सफल उपचार गरेको नर्भिक अस्पतालले जनाएको छ ।

ल्याप्रोस्कोपिक प्रविधिबाट शल्यक्रिया गर्दा बिरामीको अस्पताल बसाइ पनि कम हुने र छिट्टै रिकभर भई नियमित दैनिकीमा फर्किन सक्ने डा. शर्माले बताइन ।

शल्यक्रियापछि बिरामीको अवस्था सामान्य रहेको र भोलि शनिवार बिरामीलाई डिस्चार्ज गरिने अस्पतालले जनाएको छ ।


क्याटेगोरी : कर्पोरेट



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ