२०८१ वैशाख १३, बिहीबार
Health Aawaj logo
गृहपृष्ठकर्पोरेटतिलगंगा आँखा प्रतिष्ठानले विस्तारित सेवा सुरु गर्दै

तिलगंगा आँखा प्रतिष्ठानले विस्तारित सेवा सुरु गर्दै


काठमाडौँ – तिलगंगा आँखा प्रतिष्ठानले विस्तारित सेवा  प्रारम्भ गर्ने भएको छ । सेवाग्राहीको चापलाई व्यवस्थित गर्न र साँझसम्म सहज रुपमा सेवा प्रदान गर्ने  उद्देश्यले बुधबारदेखि साँझ ६ः३० बजेसम्म आँखा सेवा स्वास्थ्य प्रदान गर्ने अस्पतालले जनाएको हो।

यसअघि बिहान ८ बजेदेखि दिउँसो ३ः३० सम्म मात्र नियमित सेवा प्रदान गरिरहेको थियो। प्रतिष्ठानका अनुसार अब देखि नियमित सेवा र प्रिमियम सेवा लिन चाहने सेवाग्राहीहरुले ८ बजेदेखि २ः३० बजेसम्म नाम दर्ता गर्न सक्ने र विस्तारित सेवा लिन चाहने सेवाग्राहीहरुले दिउँसो ३ बजेदेखि साँझ ६ बजेसम्म नाम दर्ता गरी सेवा लिन सक्नेछन् ।

प्रतिष्ठानले विगत ६ महिनादेखि प्रिमियम सेवा पनि संचालन गरिरहेको छ । प्रिमियम आँखा उपचार सेवामा सहज तथा छिटो, लामो लाईन बस्न नपर्ने, सबै विशेषज्ञ डाक्टरहरु एकै ठाउँमा हुने आदि जस्ता सुविधाहरु रहेका छन् । बिहान ८ः३० देखि दिउँसो ३ः०० बजे भित्र सेवाग्राहीले यो सेवा लिन सक्नेछन् ।


क्याटेगोरी : कर्पोरेट



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ