२०८१ वैशाख ४, मंगलबार
Health Aawaj logo
गृहपृष्ठकर्पोरेटतीज र बुबाको मुख हेर्ने दिनलाई लक्षित गरी नर्भिकद्वारा स्वास्थ्य प्याकेजको घोषणा

तीज र बुबाको मुख हेर्ने दिनलाई लक्षित गरी नर्भिकद्वारा स्वास्थ्य प्याकेजको घोषणा


काठमाडौं-नर्भिक इन्टरनेशनल हस्पिटलले हिन्दु नेपाली नारीहरुको महान चाँड तीज र हिन्दुहरुको अर्को महान पर्व ‘बुबाको मुख हेर्ने दिन’लाई लक्षित गरी विशेष हेल्थ प्याकेज घोषणा गरेको छ । नर्भिकले तीज पर्वको अवसरमा निकै सस्तो दरमा हेल्थ प्याकेज घोषणा गरेको हो ।

भदौ १२ गतेदेखि नै कार्यान्वयनमा आइसकेको तीज प्याकेजअन्तर्गत एउटा बेसिक प्याकेज छ भने अरु दुईवटा ब्रेस्टको यूएसजी र मेमोग्रामसहितको बेसिक प्याकेज छ । बेसिक प्याकेज लिँदा अरु बेलाको रेट रु. ८००० रहेकोमा तिजको अवसरमा रु.६६६६ कायम गरिएको छ ।

यस्तै, ब्रेस्टको यूएसजीसहितको प्याकेजको मूल्य अरुबेला रु. १०००० पर्नेमा तिजमा छुट गरी रु.७७७७ कायम गरिएको छ । यसैगरी, मेमोग्रामसहितको बेसिक प्याकेजको अरुबेलाको मूल्य रु. १३४०० रहेकोमा तिजको अफर अन्तर्गत रु. ९९९९ तोकिएको छ ।

बेसिक तीज प्याकेजअन्तरर्गत सुगर रेन्डम, यूरिक एसीड, लिपिड प्रोफाइल, यूरिया, क्रेटिनाइन, हेमाटोलोजी प्रोफाइल, चेस्ट पीए, इसीजी, अल्ट्रासाउण्ड, यूरिन रुटिन लगायतका जाँच पर्नेछन् । यो प्याकेज भदौ २७ गतेसम्म लिन सकिने अस्पतालले जनाएको छ ।

यस्तै, नर्भिकले बुबाको मुख हेर्ने दिनको अवसरमा निकै सस्तो दरको प्याकेज घोषणा गरेको छ । अरु बेला रु. ८६५० पर्ने प्याकेजलाई रु. ६५०० मै उपलब्ध गराउने घोषणा गरिएको हो । यो प्याकेज पनि भदौ १२ गतेदेखि भदौ २७ गतेसम्म कार्यान्वयनमा रहनेछ ।

‘फादर्स डे’ प्याकेजमा इएसआर, चेस्ट पीए, इसीजी, सुगर रेन्डम, यूरिक एसिड, लिपिड प्रोफाइल, यूरिया क्रेटिनाइन, हेमाटोलोजी प्रोफाइल, प्रोस्टेट स्पेसेफिक एन्टीजेन, पोटासियम, यूरिन रुटिन लगायतका जाँचहरु पर्नेछन् ।


क्याटेगोरी : कर्पोरेट



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ