२०८१ वैशाख १३, बिहीबार
Health Aawaj logo
गृहपृष्ठकर्पोरेटनर्भिकमा भोलि सर्जिकल ग्यास्ट्रोइन्टेरोलोजीको नि:शुल्क ओपिडी हुने

नर्भिकमा भोलि सर्जिकल ग्यास्ट्रोइन्टेरोलोजीको नि:शुल्क ओपिडी हुने


काठमाडौं –  नर्भिक इन्टरनेशनल अस्पतालले सर्जिकल ग्यास्ट्रोइन्टेरोलोजिस्टको ओपिडी सेवा शनिबार नि:शुल्क दिने भएको छ । निःशुल्क ओपिडी अभियानअन्तरर्गत  पेट र पाचनप्रणालीसँग सम्बन्धित समस्या भएकाहरुलाई लक्षित गरी अस्पतालले शनिबार  ग्यास्ट्रोइन्टेरोलोजीको ओपिडी सेवा दिन लागेको हो  ।

अस्पतालका सर्जिकल ग्यास्ट्रोइन्टेरोलोजिस्ट डा. मुकुन्दराज जोशीले ओपिडी सेवा दिने भएका हुन् । पेट तथा पाचन प्रणालीसँग सम्बन्धित समस्या भएका, पित्तथैलीको पत्थरी, पायल्स जस्ता समस्या भएकाहरुले समेत डा. जोशीको नि:शुल्क ओपिडीमा आएर स्वास्थ्य जाँच गराउन सक्ने अस्पतालले जनाएको छ ।

नर्भिकले केही साताअघिदेखि आफ्नो कर्पोरेट सोसियल रेसपोनसिबिलीटी(सीएसआर) अन्तर्गत प्रत्येक शनिबार कुनै न कुनै विशेषज्ञ चिकित्सकलाई नि:शुल्क ओपिडी सेवाका लागि प्रस्तुत गर्ने गरेको छ ।

यही क्रममा भोलि(शडा. जोशी बिहान १० बजेदेखि १२ बजेसम्म ओपिडी सेवाका लागि अस्पतालमा उपलब्ध हुनेछन् ।

निःशुल्क ओपिडी सेवा लिनका लागि नर्भिक अस्पतालका ओपीडी प्रमुख क्षितिज उप्रेतीलाई ९८४११८१२८१ नम्बरमा वा नर्भिक अस्पतालको ल्याण्डलाइन नम्बर ०१५९७००३२ मा फोन गरेर आफ्नो नाम टिपाउन सकिनेछ ।


क्याटेगोरी : कर्पोरेट



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ