२०८१ वैशाख १२, बुधबार
Health Aawaj logo
गृहपृष्ठकर्पोरेटप्रथम प्याथालोजीले दशैंसम्म सबै परीक्षणमा २५ प्रतिशत छुट दिने

प्रथम प्याथालोजीले दशैंसम्म सबै परीक्षणमा २५ प्रतिशत छुट दिने


काठमाडौं—लाजिम्पाटस्थित नेपालकै पहिलो सुपरस्पेशसियालिटी प्रथम प्याथालोजी ल्याब्ररोटरीले आफ्ना सबै परीक्षणमा २५ प्रतिशत छुट दिने भएको छ । हालै ‘मल्टी सुपर स्पेशसियालिटी ल्याब’ स्लोगन राखेर सुरु भएको प्रथम ल्याबले दशैसम्मका लागि सेवाग्राहीहरुलाई २५ प्रतिशत छुट दिने भएको हो ।

‘हामीले हाम्रो प्रयोगशालामा हुने सबै परीक्षणहरुमा दशैंसम्म नै २५ प्रतिशत छुट दिनेछौं,’ प्रयोगशालाका प्रमुख डा. निराजन मैनालीले भने, ‘यो सबै प्रकारका परीक्षण लागु हुनेछ ।’

उनकाअनुसार अहिले प्रयोगशालाले सुगर ५२ रुपैयाँमा परीक्षण गर्नेछ भने थाइराइड फंसन टेष्ट ८ सय २५ रुपैयाँ हुनेछ । यस्तै, एचबीए१सी ६७५ भिटामिन डि १ हजार ९ सय ८५ रुपैयाँ, भिटामिन वी१२ एक हजार ३ सय ५० रुपैयाँ, लिपिड प्रोफाइल ६३५ रुपैयाँ हुनेछ ।

प्रयोगशालाले छुट बिनाको मूल्य भने सुगर ७० रुपैया, थाइराइड फंसन टेष्ट १ हजार १ सय रुपैयाँ, एचबीए१सी ९ सय रुपैयाँ, भिटामिन डि २ हजार ६ सय ५० रुपैयाँ, भिटामिन वी१२ एक हजार ८ सय रुपैयाँ, लिपिड प्रोफाइल ८ सय ५० रुपैयाँ हो ।

डा. निराजनकाअनुसार ट्रान्सप्लान्टका बिरामीका लागि चाडै ट्रकोलिमस टेष्ट सुरु हुनेछ । उक्त परीक्षणको तिहारसम्म २ हजार ५ सय रुपैयाँ पर्ने उनले बताए । प्रयोगशालाले सबै परीक्षणहरु विशेषज्ञमार्फत गराउँदैं आएको छ ।


क्याटेगोरी : कर्पोरेट



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ