२०८१ असार ४, सोमबार
Health Aawaj logo
गृहपृष्ठकर्पोरेटस्टार अस्पतालले शनिबार संगीतसहितको नि:शुल्क स्वास्थ्य शिविर आयोजना गर्दै

स्टार अस्पतालले शनिबार संगीतसहितको नि:शुल्क स्वास्थ्य शिविर आयोजना गर्दै


काठमाडौँ – स्टार अस्पतालले नि:शुल्क स्वास्थ्य शिविर आयोजना गर्ने भएको छ। अस्पतालले संगीत ब्यान्ड कुटुम्बसँग सहकार्य गरी  बाघभैरब, किर्तिपुरमा शनिबार विहान १० बजे देखि बेलुकी ७ बजेसम्म नि:शुल्क स्वास्थ्य शिविर आयोजना गर्न लागेको हो।

अस्पतालले सो दिन  जीआइ र ग्यास्ट्रो, स्त्री रोग, जेरियाट्रिक र सामान्य स्वास्थ्य सेवा प्रदान गर्नेछ। सो शिविर अत्याधुनिक जीआइ सेन्टरको सुरुवातको एक भाग भएकोले निकै विशेष रहेको अस्पतालले जनाएको छ।

अस्पतालका अनुसार शिविरसँगसँगै साङ्गेतिक माहोल पनि हुनेछ। नेपाली जातीय संगीत र सम्पदाको प्रवद्र्धन गर्ने यस्ता धेरै शिविरहरूको यो सुरुवात भएको अस्पतालले उल्लेख गरेको छ।


क्याटेगोरी : कर्पोरेट



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ