२०८१ वैशाख ७, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठकर्पोरेटॐ हस्पिटल र नबिल बैंकबीच सहुलियत सेवा सम्झौता

ॐ हस्पिटल र नबिल बैंकबीच सहुलियत सेवा सम्झौता


काठमाडौं-चावहिलस्थित ॐ हस्पिटल एण्ड रिसर्च सेन्टर प्रा।लि। र नबिल बैंक लिमिटेडबीच सहुलियत दरमा उपचार सेवा प्रदान गर्ने विषयमा सम्झौता भएको छ ।

नबिल बैंकको प्रधान कार्यालयमा बिहिबार आयोजित एक कार्यक्रममाझ बैंकका ग्राहक कर्मचारी तथा परिवारजनलाई उपचार शुल्कमा सहुलियत दिने सम्झौता भएको हो ।

सम्झौतापत्रमा ॐ अस्पतालका प्रमुख कार्यकारी अधिकृत यमबहादुर महत र नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत अनिलकेशरी शाहले हस्ताक्षर गरे ।

सम्झौताअनुसार अब नबिल बैंकका ग्राहक, कर्मचारी तथा परिवारजनले ॐ हस्पिटलमा उपलब्ध सम्पूर्ण सेवाहरुमा विशेष छुट पाउनेछन् । बैंकका ग्राहकले सो छुट बैंकको प्रिपेड, डेबिट अथवा क्रेडिट कार्ड प्रयोग गरी अस्पतालको सेवाको बिल भुक्तानी गर्दा पाउन सक्नेछन् ।

त्यसैगरी नबिल बैंकले हस्पिटलका चिकित्साकर्मी तथा कर्मचारीहरुका लागि आफ्नो बैंकिङ सेवा सहज र सरल रुपमा उपलब्ध गराउने छ ।
नबिल बैंकले आफ्ना १३५ वटा शाखाबाट बैंकिङ सेवा प्रदान गरिरहेको छ । बैंकको देशभर १८७ वटा एटीएम सञ्चालनमा छन् ।

नेपालमा निजी क्षेत्रवाट सञ्चालित अग्रणी अस्पतालका रुपमा ॐ हस्पिटलले वि।सं। २०४६ सालदेखि निरन्तर रुपमा विशिष्टीकृत स्वास्थ्य उपचार सेवा प्रदान गर्दै आएको छ । ३६ वटा विभिन्न विभागहरु मार्फत १०० जना विशेषज्ञ चिकित्सक, २५० जना भन्दा बढी नर्सिङ स्टाफ, प्राविधिक तथा प्रशासनिक जनशक्ति २२५ जनाभन्दा बढीसहितको अस्पतालले विश्वस्तरीय उपचार सेवा प्रदान गरिरहेको जनाएको छ ।


क्याटेगोरी : कर्पोरेट



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ