२०७९ असार १३, सोमबार
Health Aawaj logo
गृहपृष्ठकर्पोरेटअनुसन्धान इकाई विकास गर्दै मेडिसिटी अस्पताल

अनुसन्धान इकाई विकास गर्दै मेडिसिटी अस्पताल


काठमाडौँ – नेपाल मेडिसिटी अस्पतालले एनआइसीआरएफ (नेपाल इन्टेन्सीभ केयर रिसर्च फाउण्डेसनसँग सहकार्य गरी विशिष्टीकृत अनुसन्धान इकाई स्थापना गर्ने भएको छ। यसका लागि मेडिसिटी अस्पताल र एनआइसीआरएफबीच गत शुक्रबार समन्वयका लागि सम्झौता भएको छ ।

विशिष्टीकृत अनुसन्धान इकाई स्थापना गर्ने नेपालकै पहिलो निजी अस्पताल नेपाल मेडिसिटीले यस सम्झौताबाट सघन उपचारको कुनैपनि समस्यालाई बुझ्न, त्यसबाट ज्ञान हासिल गर्न तथा जटिल प्रश्नहरुको उत्तर खोज्न सहयोग प्राप्त हुने आशा व्यक्त गरेको छ ।

सघन उपचारको विकासमा अनुसन्धान मुख्य आधार रहेको विषयलाई दर्शाउने उद्देश्यकासाथ काम गर्दै आएको एनआइसीआरएफले देशकै ठूलो संरचना र क्षमतासहितको सघन उपचारविभाग रहेको नेपाल मेडिसिटीसँगको सहकार्य गर्न लागेको हो ।

अस्पतालको सघन उपचारमा भर्ना भएका बिरामीहरुको सबै व्यक्तिगत जानकारीलाई गोप्य राखी कुनैपनि व्यक्ति किन भर्ना हुनुपर्यो , कतिदिन उपचार भयो, के–कस्ता उपचार विधि अपनाइयो, बिरामी सुरक्षा संयन्त्र कसरी अपनाइयो जस्ता जानकारीहरु रिसर्च इकाईले राख्न लागेको जनाएको छ ।

उपचार सिलसिलाका अनुभवका आधारमा खोजिएका जानकारीको प्रशोधन गर्दै उपयोगी तथ्याङ्कहरुबाट प्राप्त निष्कर्षलाई चिकित्सा सेवामा प्रयोग गर्न सकिनेछ । जसका लागि एनआइसीआरएफले नेपाल मेडिसिटीका कर्मचारीहरुसँग समन्वय गर्नेछ ।

नेपाल मेडिसिटीले आफ्नो उपचार प्रक्रियामा उत्कृष्ट प्रविधि, पूर्वाधार र जनशक्ति मात्र नभई खोज तथा अनुसन्धानमूलक ज्ञानको पनि उत्कृष्ट प्रयोग गर्दै आएको अस्पतालका चिफ अफ क्लिनिकल सर्भिसेज एण्ड एजुकेशन प्रा.डा. निलमणी उपाध्यायले जानकारी दिए । यस सम्झौताले क्रिटिकल केयरको सुक्ष्म अध्ययन गर्न र सेवालाई थप गुणस्तरीय बनाउन सहयोग पु¥याउने उनको धारणा छ ।


क्याटेगोरी : कर्पोरेट



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ

जम्मा संक्रमित (नेपाल)
निको भएको
मृत्यु
जम्मा संक्रमित (विश्व)