२०८१ वैशाख ७, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठकर्पोरेटएभरेष्ट अस्पतालले नि:शुल्क स्वास्थ्य शिविर गर्दै, पोस्ट कोभिडको पनि परीक्षण हुने

एभरेष्ट अस्पतालले नि:शुल्क स्वास्थ्य शिविर गर्दै, पोस्ट कोभिडको पनि परीक्षण हुने


काठमाडौं – काठमाडौंको नयाँ बानेश्वरमा रहेको एभरेष्ट अस्पतालमा नि:शुल्क स्वास्थ्य शिविर तथा औषधी, मास्क वितरण कार्यक्रम हुने भएको छ । लायन्स क्लव अफ काठमाडौं एभरेष्ट निम्सको सहकार्यमा अस्पतालमा शुक्रबार बिहान ९ बजेदेखि दिउँसो ३ बजेसम्म उक्त कार्यक्रम सञ्चालन हुन लागेको हो ।

नि:शुल्क स्वास्थ्य शिविर कार्यक्रम एभरेष्ट अस्पताल, आयान हेल्थ केयर प्राइभेट लिमिटेड र अनमोल हेल्थ केयरको सहयोगमा सञ्चालन हुनेछ ।  शिविरमा विशेषज्ञ चिकित्सकहरु डा. राम नारायण शाह, डा. निवेश पौडेल र डा. सरोज गौडेल ले नि:शुल्क स्वास्थ्य परीक्षण गर्नेछन् ।

ल्याबमा पनि ३० प्रतिशत छुट दिइनेछ भने फार्मेसीमा १० प्रतिशत र अन्यमा ३० प्रतिशत छुट दिने समेत अस्पतालले जनाएको छ ।

त्यस्तै, कोभिड पछि  हल्का ज्वरो आए जस्तो हुने, अल्छी लाग्ने, छिटो थकानको महसुस हुने, हल्का खोकी लाग्ने, हल्का टाउको दुख्ने, बढी भोक लाग्ने र भोक लाग्दै नलाग्ने, निद्रा नलाग्ने जस्ता लक्षण भएकाले पनि शिविरमा स्वास्थ्य परीक्षण गराउने सक्ने अस्पतालले जनाएको छ ।

 


क्याटेगोरी : कर्पोरेट



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ