२०८१ वैशाख ७, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठकर्पोरेटखड्गी इन्स्टिच्युटले मृगौला पत्थरीका बिरामीका लागि नि:शुल्क शल्यक्रिया शिविर गर्दै

खड्गी इन्स्टिच्युटले मृगौला पत्थरीका बिरामीका लागि नि:शुल्क शल्यक्रिया शिविर गर्दै


काठमाडौँ – खड्गी इन्स्टिट्युट अफ इण्डोयुरोलोजीले विपन्न वर्गका लागि निःशुल्क मृगौला र पत्थरीको शल्यक्रिया शिविर सञ्चालन गर्ने भएको छ । आरुस लाइफ स्टाइल, नेपाल र रेड क्रेस्सेन्ट अफ कुवेतसँगको सहकार्यमा खड्गी इन्स्टिट्युट अफ इण्डोयुरोलोजीले विपन्न वर्गका लागि नि:शुल्क शल्यक्रिया शिविर सञ्चालन गर्न लागेको हो ।

उक्त शिविरमा मिर्गाैला पत्थरी बिरामीले मिनी पीसीएनएल प्रविधिबाट निःशुल्क शल्यक्रिया गर्ने इन्स्टिच्युटका प्रबन्ध निर्देशक एवं कन्सल्ट्यान्ट युरोलोजिष्ट डा. सञ्जय खड्गीले बताए ।  मिनी पीसीएनएल ठुलो चिरफारबिना नै शल्यक्रिया हुने यो सेवा दुखाइरहित हुनुका साथै यसमा बिरामीको अस्पतालको बसाइ पनि अत्यन्त न्युन हुने डा. खड्गीको भनाइ छ ।

ललितपुरको कुपण्डोलस्थित रहेको यस इन्स्टिट्युटले स्थापना कालदेखि नै पीसीएनएल प्रविधिमार्फत बिरामीलाई सेवा दिदैँ आएको छ । इन्स्टिट्युटले परामर्श सेवा, औषधी तथा शल्यक्रियासमेत निःशुल्क रहने सो सेवाका लागि बिरामीले ४ फागुन देखि १५ फागुनसम्ममा आफ्नो नाम दर्ता गराइसक्नु पर्नेछ । शल्यक्रिया फागुण १८, १९ र २० गते हुने बताइएको छ ।

शिविरबाहेक इन्स्टिट्युटले अन्य समयमा पनि सरकारी दरमै हरेक दिन चार जना विपन्न बिरामीलाई मिर्गौला पत्थरीको शल्यक्रिया गर्ने कार्यक्रम सञ्चालन गर्दै आएको छ ।

No description available.


क्याटेगोरी : कर्पोरेट



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ