२०८१ वैशाख १४, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठकर्पोरेटकान्ति अस्पतालको डेन्टल विभागमा थपियो आरभिजी एक्स-रे सेवा

कान्ति अस्पतालको डेन्टल विभागमा थपियो आरभिजी एक्स-रे सेवा


काठमाडौँ –  कान्ति बाल अस्पतालको डेण्टल विभागमा थप सेवा विस्तार भएको छ । अस्पतालले  शुक्रबार एक कार्यक्रम गरी अत्याधुनिक इलेक्ट्रिकल डेन्टल चेयर र अत्याधुनिक प्रविधिको आरभिजी एक्स-रे सेवा पनि विस्तार भएको अस्पतालका निर्देशक तथा बालरोग विशेषज्ञ डा. युवानिधि बसौलाले जानकारी दिए । अस्पातलमा डेन्टल विधाका विभिन्न विशेषज्ञहरु पनि रहेको हुनाले सम्पुर्ण विशेषज्ञ सेवा विस्तार गर्न क्रमिक प्रयास गर्ने उनको भनाइ छ  ।

साथै सेवा विस्तार र विशिष्टकृत अस्पतालको रुपमै सेवाहरु विकास गर्न सम्पुर्ण कार्यरत डाक्टर तथा कर्मचारीहरुप्रती आभार पनि वक्त गर्दै डेन्टल विभागको विकासको लागी उत्कृस्ट नेतृत्व गरेकोमा विभागिय प्रमुख डा सोनी सुवेदीलाई विशेष धन्यवाद दिएका छन् ।

विगत लामो समय देखि संचालन हुँदै आएको दन्त्य चिकित्सा विभागले बालबालिका तथा किशोरकिशोरिमा हुने मुख तथा दातको समस्याको लागी केन्द्रिय प्रेषण विभागको रुपमा काम गरिरहेको छ ।

हाल अस्पतालमा वरिष्ठ कन्सल्टेण्ट डेन्टल सर्जन ( प्रोस्थोडोन्टिस्ट ) डा सोनी सुबेदी सहित पेरियोडोन्टिस्ट , अर्थोडोन्टिस्ट , पेडियाट्रिक डेण्टिस्ट्, इण्डोडोन्टिस्ट विषयका विशेषज्ञ चिकित्सक र डेन्टल सर्जनहरु कार्यरत छन् ।


क्याटेगोरी : कर्पोरेट



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ