२०८१ वैशाख १४, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठकर्पोरेटअर्किडले उत्कृष्ट वातावरणमा मेडिकल सुविधासहितको ‘डे केयर सेवा’ उपलब्ध गराउँदैं

अर्किडले उत्कृष्ट वातावरणमा मेडिकल सुविधासहितको ‘डे केयर सेवा’ उपलब्ध गराउँदैं


काठमाडौं—बसुन्धरास्थित अर्किड फिजियोथेरापी एण्ड रिह्याबिलिटेसन सेन्टरले डे केयर सेवा सञ्चालनमा ल्याएको छ । १ साउनबाट अर्किडले हस्पिटलबाट डिस्चार्ज भएर केयर आवश्यक पर्ने, फिजियो थेरापी गर्नुपर्ने र डे केयर सर्विस आवश्यक पर्ने बिरामीहरुका लागि मेडिकल सुविधासहितको सेवा सञ्चालनमा ल्याएको अर्किडकी अध्यक्ष यमुना कटुवालले जानकारी दिइन् ।

हरियाली वातावरण, ३ रोपनी क्षेत्रफलमा फैलिएको फराकिलो ठाउँ र शान्त ठाउँमा अवस्थित बुटिक शैलीको अर्किडले डे केयर सेवा सञ्चालनमा ल्याएसँगै रिकभरी हुनुपर्ने बिरामीहरुले उत्कृष्ट सेवा पाउने अपेक्षा अर्किड व्यवस्थापनले गरेको छ । ‘एक्लै छाड्न नमिल्ने, सामान्य सर्जरी गरेका तर सामान्य अवस्थामा फर्किन खानपान, औषधी, फिजियोथेरापी सबै जरुरी भएका बिरामीलाई केन्द्रीत गरेर यो सेवा सञ्चालनमा ल्याएका हौं,’ यमुना भन्छिन्, ‘परिवारका सदस्य र अभिभावकले हेरचाह गर्न नभ्याउने बिरामीका लागि डे केयर सेवा एकदमै लाभदायक हुनेछ । बिरामी चाडो रिकभर हुनका लागि पनि यो वान स्टप सोलुसन हो ।’

अर्किडले डे केयरमा आउने बिरामीलाई घरायासी वातावरण, मेडिकल उपचार, नर्सिङ केयर, आवश्यक अन्य क्रियाकलाप, आवश्यक परेमा फिजियो थेरापी, हस्पिटालिटीसहितका सबै सेवा उपलब्ध गराउँछ । ‘यहाँ बिरामीलाई चाहिने सम्पूर्ण सेवा उपलब्ध छ । व्यक्तिगत हेरचाह, आवश्यक परेका बिरामीलाई काउन्सलिङ, चिकित्सकको व्यवस्थापन, खानपान, फिजियोथेरापी, बिरामीको लागि ल्याब परीक्षणलगायतका सुविधा छन्,’ उनले थपिन्, ‘म्युजिकल शो पनि दुई दिन राखेका छौं ।’

अर्किडले डे केयरमा आउने बिरामीहरुलाई ओछ्यानमा सुताउनभन्दा पनि हरेक किसिमले निको हुन मद्दत गर्ने खालका क्रियाकलाप गराउँदैं आएको छ । ‘व्यस्त जीवनशैली भएका परिवारका लागि यो राम्रो विकल्प हो,’ उनले सुनाइन्, ‘हामी बिरामीहरुलाई कसरी चाडो रिकभर गराउन सकिन्छ भन्ने हिसाबले सेवा दिन्छौं ।’

बिरामी अवस्था विश्लेषण गरेर अर्किडले डे केयर सेवा दिइरहेको छ । एकै समयमा अर्किडमा २० जना बढी बिरामीलाई डे केयर सेवा लिन सक्छन् । डे केयरमा रहने बिरामीहरुले ९ बजेदेखि ६ बजेसम्म सम्पूर्ण आवश्यकता र गतिविधीको सम्पूर्ण जिम्मेवारी अर्किडले नै लिन्छ । ‘हामीले पिकअप, ड्रपअप सुविधादेखि सबै सुविधा दिन्छौं,’ यमुना थप्छिन्, ‘बिरामीको औषधीको टाइमिङ र अन्य कुराहरु पनि हामीले नै व्यवस्थापन गरिदिन्छौं ।’ अर्किडले आधा दिनको डे केयर प्याकेज पनि बनाएको छ ।

उनकाअनुसार अर्किडले प्रशस्त समय, आवश्यक सेवा, उत्कृष्ट वातावरण दिएर बिरामीलाई ठिक पार्ने काम गरिरहेको छ । सुत्न बस्न नै नसक्ने बिरामीका लागि केही दिन राख्न रेसिडेन्सीयल केयर सेवामा पनि अर्किडमा उपलब्ध छ ।


क्याटेगोरी : कर्पोरेट



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ