२०८१ वैशाख ७, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठकर्पोरेटक्लिनिक वानमा इन्डोस्कोपी र कोलोनोस्कोपी सेवा

क्लिनिक वानमा इन्डोस्कोपी र कोलोनोस्कोपी सेवा


काठमाडौं—जावलाखेलस्थित कर्पोरेट भवन नोरखाङ कम्प्लेक्समा रहेको क्लिनिक वानले इन्डोस्कोपी र कोलोनोस्कोपी सेवा सुरु गरेको छ । क्लिनिक वानका प्रबन्ध निर्देशक सन्तोष पौडेलकाअनुसार बैशाखबाट इन्डोस्कोपी र कोलोनोस्कोपी सेवा सुरु भएको हो ।

‘अहिलेसम्म हामीले ३ सय बढीको इन्डोस्कोपी एवं कोलोनोस्कोपी गरिसकेका छौं,’ उनले भने, ‘सुविधासम्पन्न रुपमा अत्याधुनिक उपकरणबाट यो सेवा प्रवाह गरिरहेका छौं ।’

क्लिनिक वानमा इन्डोस्कोपीको ४ हजार ५ सय रुपैयाँ र कोलोनास्कोपीको ९ हजार ५ सय रुपैयाँ शुल्क रहेको छ ।

७ वर्षअघि फराकिलो ठाउँ, अत्याधुनिक सेटअप, डाक्टरलाई कुर्न नपर्ने वातावरणमा बिरामीलाई प्रशस्त समय, हाइजिन मेन्टेनजस्ता कुरालाई ध्यानमा राखेर क्लिनिक वान सञ्चालनमा ल्याइएको हो ।

प्रबन्ध निर्देशक पौडेलकाअनुसार क्लिनिक वानले थप सेवाहरु विस्तार गर्दै लैजाने छ ।

केही समयअघि क्लिनिक वानले भक्तपुरको सुर्य विनायकमा पनि सुविधासम्पन्न क्लिनिक सञ्चालनमा ल्याइसकेको छ ।


क्याटेगोरी : कर्पोरेट



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ