२०८० चैत्र १६, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठकर्पोरेटक्लिनिक वानद्वारा जोरपाटी भक्तपुरमा निःशुल्क स्वास्थ्य शिविरको आयोजना

क्लिनिक वानद्वारा जोरपाटी भक्तपुरमा निःशुल्क स्वास्थ्य शिविरको आयोजना


भक्तपुर—क्लिनिक वान भक्तपुर र चित्तपोल युवा समूहद्वारा सुर्यविनायक—१० जोरपाटीमा निःशुल्क स्वास्थ्य शिविरको आयोजना गरिएको छ । उक्त शिविरमा रक्तचाप, मधुमेह परीक्षण, नाक, कान तथा घाँटीको जाँच र महिला रोग सम्बन्धि सेवा निःशुल्क उपलब्ध गराइएको थियो ।

शिविरमा स्त्री तथा प्रसुति रोग विशेषज्ञ डा. प्रियंका त्रिपाठी र नाक, कान तथा घाँटी रोग विशेषज्ञ डा. रुपक खड्काका साथै क्लिनिक वानका नर्स तथा स्वयंसेवकहरुले सेवा दिएका थिए । उक्त शिविरबाट सुर्यविनायक जोरपाटीमा बस्ने ८० जनाभन्दा बढी स्थानीय लाभान्वित भएका छन् ।

नाक, कान तथा घाटी रोग विशेषज्ञ डा. खड्काअनुसार शिविरमा आएकाहरुमा बढीमा कानको जालीको समस्या देखिएको थियो ।

यस्तै, शिविरमा महिलाको स्वास्थ्य परीक्षण गरेकी डा. त्रिपाठीकाअनुसार शिविरमा परीक्षण गरिएका अधिकांश महिलामा योनीको संक्रमण पाइएको थियो । उनले समयमै योनीको संक्रमणको उपचार नगरे पछि युटिआईको समस्या बढेर जाने बताइन् ।

चित्तपोल युवा समूहका सदस्य विक्रम थापाले क्लिनिक वानको सहयोगमा आफ्नो ठाउँमा निःशुल्क स्वास्थ्य शिविरको आयोजना गर्न पाएकोमा खुशी व्यक्त गर्दै आगामी दिनमा यस्तै शिविरहरुको आयोजना गर्ने प्रतिवद्धता व्यक्त गरे ।


क्याटेगोरी : कर्पोरेट



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ