२०८१ वैशाख ८, शनिबार
Health Aawaj logo
गृहपृष्ठकर्पोरेटस्टार अस्पतालको निःशुल्क स्वास्थ्य शिविरमा ३०० जनाले लिए सेवा

स्टार अस्पतालको निःशुल्क स्वास्थ्य शिविरमा ३०० जनाले लिए सेवा


ललितपुर—सानेपास्थित स्टार हस्पिटल निःशुल्क स्वास्थ्य शिविरको आयोजना गरेको छ । गत शनिबार विश्व मिर्गौला दिवस अवसर पारेर स्टार अस्पतालले नयाँ बजार क्लब कीर्तिपुर र नयाँ छहालरी नेपाल कीर्तिपुरसँगको सहकार्यमा कीर्तिपुरको नयाँ बजारमा निःशुल्क स्वास्थ्य शिविर आयोजना गरेको हो ।

स्टार अस्पतालका वरिष्ठ मिर्गौला रोग विशेषज्ञ डा. अनिल पोखरेलको नेतृत्वमा रहेको स्वास्थ्यकर्मीको टोलीले करिब ३०० जना बिरामीको निःशुल्क मिर्गौला सम्बन्धी रगत, पिसाब र चिकित्सकीय जाँच सेवा प्रदान गरेको थियो ।

कार्यक्रममा बोल्दै वरिष्ठ मिर्गौला रोग विशेषज्ञ डा. पोखरेलले मिर्गौला रोग लाग्नबाट बच्न अपनाउनुपर्ने विभिन्न पक्षको बारेमा प्रकाश पारेका थिए । उनले रोग लागि हालेको खण्डमा कसरी जीवनलाई सहज बनाउन सकिन्छ भन्ने विषयमा जानकारी गराए ।

डा. पोखरेलले मिर्गौला खराब हुन थालेको सुरुवाती अवस्थामा कुनैपनि किसिमका लक्षणहरु नदेखिने र मिर्गौलामा धेरै नै क्षति पुगेपछि मात्र लक्षण देखिने हँुदा सो समयमा मिर्गौलालाई पूरानै अवस्थामा फर्काउन गाह्रो भए बिरामीले डायलाइसिस वा मिर्गौला प्रत्यारोपण गर्नुपर्नेसम्मको अवस्था आउने हुनाले समयमा नै नियमित रुपमा मिर्गौला सम्बन्धी जाँचहरु गर्न सुझाए ।

कार्यक्रम बागमती प्रदेश सभा सदस्य पुकार महर्जन प्रमुख अतिथी रहेका थिए । स्टार हस्पिटलले हरेक वर्ष विश्व मिर्गौला दिवसको उपलक्षमा यस किसिमका कार्यक्रमहरु संचालन गर्दै आइरहेको छ ।


क्याटेगोरी : कर्पोरेट



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ