२०८१ वैशाख ६, बिहीबार
Health Aawaj logo
गृहपृष्ठकर्पोरेटनेपाल नेशनल अस्पतालमा ‘टेलिमेडिसिन सेन्टर’

नेपाल नेशनल अस्पतालमा ‘टेलिमेडिसिन सेन्टर’


काठमाडौं—कलंकीस्थित नेपाल नेशनल अस्पतालले ‘ग्लोबल टेलिमेडिसिन सेन्टर’को सुरुवात गरेको छ । अस्पतालले ग्लोबल टेलिमेडिसिन सेन्टर अमेरिका र रोटरी क्लब इन्टरनेशनलसँगको सहकार्यमा टेलिमेडिसिन सेन्टर सुरु गरेको हो ।

शुक्रबार स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री डा. सुरेन्द्र यादवले टेलिमेडिसिन सेवाको शुभारम्भ गरेका थिए । कार्यक्रममा बोल्दैं उनले अस्पतालले उच्चतम प्रविधिको प्रयोग गरेर टेलिमेडिसिन सुर गर्न लागेकोमा आफू खुशी रहेको धारणा ब्यक्त गरे । उनले सरकारको लक्ष्य सबै नागरिकलाई स्वास्थ्य सेवा पु¥याउनु रहेको उल्लेख गर्दै सरकारको उक्त लक्ष्य पूरा गर्न टेलिमेडिसिन सेवाले सहयोग पुग्ने विश्वास समेत ब्यक्त गरे । राज्यमन्त्री यादवले नेपालको स्वास्थ्य क्षेत्रको विकासमा निजी क्षेत्रको महत्वपूर्ण योगदान रहेको भन्दैं प्रशंशा समेत गरे ।

अस्पतालका निर्देशक डा. प्रकाश पौडेलले दुर्गम क्षेत्रका नागरिकसम्म सहज रुपमा स्वास्थ्य सेवा पु¥याउन टेलिमेडिसिन सेन्टर सञ्चालनमा ल्याइएको बताए । उनले ग्लोबलम टेलिमेडिसिन सेन्टर अमेरिकासँगको सहकार्यमा टेलिमेडिसिन सेन्टर स्थापना भएकाले अब विदेशी चिकित्सकबाट स्वदेशी चिकित्सकले सिक्ने अवसर पाउने बताए । ‘सेन्टरको स्थापनासँगै अब विशेष सेवा नभएका नेपालका दुर्गम इलाकाहरुमा विशेषज्ञ सेवा प्रदान गरिनेछ,’ निर्देशक डा. पौडेलले भने । उनले ग्लोबल टेलिमेडिसिन सेन्टरसम्म आवद्ध भएर नेपाल नेशनल हस्पिटल, शिक्षण अस्पताल, गंगालाल हृद्धयरोग केन्द्र, काठमाडौं मोडल हस्पिटल, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान र भक्तपुर क्यान्सर सेन्टरको संयुक्त पहलमा यो सेवा सुरु गरिएको बताए ।

सो कार्यक्रममा ग्लोबल टेलिमेडिसिन सेन्टर अमेरिकाका प्रमुख माइकल कुक, युनिभर्सिटी अफ क्यालिफोर्नियाका डा. जेम्स के गुड, रोटरी क्लब इन्टरनेशनलका एसिया क्षेत्रका प्रमुख किमोजिम बेकर, ग्लोबल टेलिमेडिसिन सेन्टर भारतका प्रमुख सुरेश सवलोक, काठमाडौं महानगरपालिका वडा नं.—१८ की अध्यक्ष शोभा सापकोटालगायतले मन्तब्य राखेका थिए ।


क्याटेगोरी : कर्पोरेट



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ