२०८१ वैशाख १४, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठकर्पोरेटबायोमेडिकल प्रविधि हस्तान्तरण र सेवा सम्बन्धी गोष्ठी सम्पन्न

बायोमेडिकल प्रविधि हस्तान्तरण र सेवा सम्बन्धी गोष्ठी सम्पन्न


काठमाडौं—काठमाडौंमा पहिलो एडभान्स बायोमेडिकल प्रविधि हस्तान्तरण र सेवा सम्बन्धी गोष्ठी सम्पन्न भएको छ । शुक्रबार होटल सोल्टीमा विश्वको प्रख्यात उपकरण निर्माणकर्ता कम्पनी मिन्द्रे तथा जनरल मेडिकल सप्लायर्स प्रा.लि.को संयुक्त आयोजनामा उक्त गोष्ठी सम्पन्न भएको हो ।

बायोमेडिकल इन्जिनियरिङ फाउण्डेसन नेपालसँगको सहकार्यमा आयोजित उक्त कार्यक्रममा स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री डा. सुरेन्द्र यादव प्रमुख अतिथी रहेका थिए ।

उक्त गोष्ठीमा उपकरणको प्रयोग, प्रभावकारी ब्यवस्थापन कसरी गर्ने भन्ने विषयमा चीनबाटैंका आएका मिन्द्रे कम्पनीका विशेषज्ञहरुले विभिन्न अस्पतालका ६० जना बायोमेडिकल इन्जिनियर तथा प्राविधिकहरुलाई तालिम दिएका थिए ।

नेपालमा वर्षेनी अर्बौ रुपैयाँका बायोमेडिकल उपकरणहरु आयात हुँदैं आएका छन् । कार्यक्रममा जनरल मेडिकल सप्लायर्सका प्रमुख कार्यकारी अधिकृत जयकृष्ण श्रेष्ठले यस्ता तालिम तथा गोष्ठीले अति संवेदनशील लाइफ सपोर्ट मेडिकल उपकरणहरुको सदुपयोग गरी स्वास्थ्य सेवा प्रदान गर्न सकिने बताए ।

गोष्ठी सहभागीहरूले चिकित्सकीय उपकरणहरूको उचित ब्यवस्थापनका लागि बायोमेडिकल प्राविधिक जनशक्ति नपुगेको गुनासो गर्दै थप गर्नुपर्ने धारणा ब्यक्त गरेका थिए ।


क्याटेगोरी : कर्पोरेट



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ